रामकुमारी भन्छिन् : जेन-जी आन्दोलनपछि एमाले नेताहरूले आँट गरे « Khabarhub

रामकुमारी भन्छिन् : जेन-जी आन्दोलनपछि एमाले नेताहरूले आँट गरे


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार वर्षपछि नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले जेन-जी आन्दोलनपछि डरले घरमा लुकेकाहरू एमाले नेताहरूको आँटपछि घरबाट निस्किएको बताएकी छन् ।

सोमबार राष्ट्रिय सभागृहमा भएको ‘घर फर्क’ अभियानलाई सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन् ।

‘जेन-जी आन्दोलनपछि डर त्रासले मानिसहरू घरबाट निस्किन सक्नु भएको थिएन । एमाले नेताहरूको आँटले सबैजना घरबाट निस्किन सके’, उनले भने, ‘जेन-जीहरूको विध्वंश र आगजनीले आतंक मच्चाइएको थियो । तर एमालेका केही नेताको आँटले त्यो आतंकको डर हट्यो ।’

उनले जेन-जीहरूले पार्टी बनाउन गरिरहेको प्रयासलाई लिएकोबारे पनि टिप्पणी गरिन् । ‘जेन-जीहरूले कतिवटा पार्टी बनाउँछन् ? पार्टी नबनाउने भए आउनुस् एमालेमा आउनुस्’, उनले भनिन्, ‘एमालेमा आउनुस् तपाईंहरूका लागि चारै ढोका खुल्ला छन् ।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : १३ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना