‘जेन-जीका नाममा भएको आन्दोलन तत्कालीन सरकार एमालेविरुद्धको षड्यन्त्र’ « Khabarhub

‘जेन-जीका नाममा भएको आन्दोलन तत्कालीन सरकार एमालेविरुद्धको षड्यन्त्र’


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी छाडेर फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूलाई समयले दिएको र दिने बताएकी छन् ।

राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा उनले आन्दोलनको मात्र होइन, राष्ट्रिय राजनीतिकै मूल प्रवाह एमाले भएको बताइन् । ‘नेकपा एमाले राष्ट्रवादी र देशभक्तलाई संगठित गरेको बलियो र देशभक्त पार्टी हो’, झाँक्रीले भनिन् ।

झाँक्रीले जेन-जीको नाममा भएको आन्दोलन सरकार र एमालेविरुद्ध सुनियोजित षडयन्त्र भएको बताइन् । जेन-जी आन्दोलनको रोटी सेकाएर सबै शक्ति एमालेविरुद्ध लागेका उनले बताइन् । ‘आज जेन-जी आन्दोलन भर्सेज नेकपा एमाले उभिएको छ’, उनले भनिन् ।

एमालेको नर्सरीमा हुर्किएका सबै मानिसहरू आजको राष्ट्रको जिम्मेवारी पूरा गर्न एक ठाउँमा उभिनु पर्नेमा उनले जोड दिइन् । ‘जेन-जी आन्दोलनको स्वामित्व खोज्नेहरूले सिंहदरबार, सर्वोच्च अदालत र संसद् भएन जलेको कुरालाई कसरी जस्टिफाई गर्न सक्छन् ? ज्युँदै मान्छे जलाउँदा ठिक गरे भन्नेकाविरुद्ध आज एमाले उभिएको छ’, उनले भनिन् ।

जेन-जी आन्दोलनको नाममा पीडित भएकाहरूले आज नेकपा एमालेलाई खोजी रहेका उनले बताइन् । एमालेका केही नेताहरू बाहिर निस्किएर सुरक्षामा उभिएपछि मानिसहरू बाहिर निस्कन लागेको उनको भनाइ छ । ‘आज एमाले नै जनताको रक्षक शक्ति हो, यो आजको वास्तविकता हो, यो वास्तविकताबाट हामी भाग्न सक्दैनौँ’, उनले भनिन् ।

उनले जेन-जी युवाहरूलाई एमालेमा आउन र आह्वान गरिन् । एमालेले सबैलाई पार्टी प्रवेशमा चारैतिरका ढोका खुल्ला गरेको अनुभूत गरेको उनले बताइन् । ‘हामीले पार्टीमा पुर्‍याएको क्षतिलाई पनि पुरा गर्ने गरी पिठ्युँ थापेर लाग्ने छौँ’, उनले भनिन् ।

उनले माधव नेपालको पछि लागेर केही नहुने बताउँदै सबैलाई मूलप्रवाहमा फर्कन आग्रह गरिन् । गति समान नभएको यात्रामा नहिँड्न र नअलमलिन उनले आह्वान पनि गरिन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : २३ बजे

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

काठमाडौं– के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपद्को सारथी

काठमाडौं– स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाहरूले नेकपा एमालेका नेता महेश बस्नेतप्रति

रोल्पालीको शिर उचो बनाउने काम गरेको छु : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफूले

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

ताप्लेजुङ– मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ