प्रचण्ड-माधव नेतृत्वको नेकपालाई केपी ओलीले दिए वृद्धाश्रमको संज्ञा « Khabarhub

प्रचण्ड-माधव नेतृत्वको नेकपालाई केपी ओलीले दिए वृद्धाश्रमको संज्ञा


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकम दाहाल प्रचण्ड र माधवकुमार नेपाल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीलाई वृद्धाश्रमको संज्ञा दिएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा उनले हालै खोलिएको उक्त नयाँ दललाई वृद्धाश्रम भनेका हुन् ।

‘अहिले एउटा जेष्ठ नागरिक आश्रम सक्रिय भएको छ । जहाँ अब बागलुङ र प्युठानतिरकालाई समेट्दा पूरा हुन्छ’, उनले भने, ‘वरीयताबिना बस्नै नसक्ने बुढाहरूको समूह त्यहाँ जम्मा भएको छ । पदबिना अडिनै नसक्नेहरूले वृद्धाश्रम बनाएका छन् ।’

उनले प्रचण्ड नेतृत्वको नेकपा दोस्रो वरीयता, चौथो वरीयता र छैटौँ वरीयताका वृद्धहरू बटुलिएको पनि बताए । ‘उमेरले मात्रै नहुने रहेछ । छैटौँ नम्बर पाएपछि कुदिहाल्ने रहेछन्’, उनले बुधबार नेकपामा प्रवेश गर्न लागेका भीम रावललाई कटाक्ष गर्दै भने, ‘एमाले युवाहरूको संगठन हो । वृद्धहरूले अझै आफ्नो उमेरका जम्मा गर्दैछन् । हामी काम गर्ने युवाहरूलाई भित्र्याउँदैछौँ ।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ४८ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना