ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ « Khabarhub

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ मा पार्टीले विशाल र्‍याली निकाल्ने आशयको अभिव्यक्ति दिएका छन् ।

चार वर्षअघि एमाले छाडेर फर्किएक रामकुमारी झाँक्रीसहितका नेताहरूलाई स्वागत गर्न सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’लाई सम्बोधनका क्रममा काठमाडौंमा विगतमा नदेखिएको र्‍याली निकाल्ने दाबी गरे ।

एमालले काठमाडौंमा मंसिर २७ गते पार्टीको ११ औं महाधिवेशन गर्ने तय गरेको छ । महाधिवेशनको उद्घाटन र्‍यालीबारे उनले भने, ‘काठमाडौंले नदेखेको र्‍याली र सभा मंसिर २७ गते हुनेछ ।’

एमालेको शक्ति कमजोर छ भनेर टिप्पणी गर्नेले त्यही कार्यक्रममार्फत् जवाफ पाउने पनि उनले जिकिर गरे । ‘एमालेको मुटु कमजोर छ भन्नेहरू कत्रो छ हेर्न आउनू । साँघुरो छ कि फराकिलो त्यस दिन देखिनेछ’, ओलीले थपे ।

उनले ११ औँ महाधिवेशनको उद्घाटमा उत्रिने जनमतलाई प्रतिक्रियावादी र अस्थिरवादीका लागि एमालेको प्रतिकारक रुपमा बुझ्न पनि सुझाएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : २९ बजे

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी