ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ « Khabarhub

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ मा पार्टीले विशाल र्‍याली निकाल्ने आशयको अभिव्यक्ति दिएका छन् ।

चार वर्षअघि एमाले छाडेर फर्किएक रामकुमारी झाँक्रीसहितका नेताहरूलाई स्वागत गर्न सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’लाई सम्बोधनका क्रममा काठमाडौंमा विगतमा नदेखिएको र्‍याली निकाल्ने दाबी गरे ।

एमालले काठमाडौंमा मंसिर २७ गते पार्टीको ११ औं महाधिवेशन गर्ने तय गरेको छ । महाधिवेशनको उद्घाटन र्‍यालीबारे उनले भने, ‘काठमाडौंले नदेखेको र्‍याली र सभा मंसिर २७ गते हुनेछ ।’

एमालेको शक्ति कमजोर छ भनेर टिप्पणी गर्नेले त्यही कार्यक्रममार्फत् जवाफ पाउने पनि उनले जिकिर गरे । ‘एमालेको मुटु कमजोर छ भन्नेहरू कत्रो छ हेर्न आउनू । साँघुरो छ कि फराकिलो त्यस दिन देखिनेछ’, ओलीले थपे ।

उनले ११ औँ महाधिवेशनको उद्घाटमा उत्रिने जनमतलाई प्रतिक्रियावादी र अस्थिरवादीका लागि एमालेको प्रतिकारक रुपमा बुझ्न पनि सुझाएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : २९ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना