मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट | Khabarhub Khabarhub

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिवासस्थित पानस होटलमा यादवलाई मुख्यमन्त्रीका रुपमा नियुक्ति र शपथ खुवाएपछि सात दल रिट लिएर सर्वोच्च अदालतमा गएका हुन् ।

यादवले नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको बताए पनि प्रदेश प्रमुख भण्डारीलाई सरकारले सोमबार नै बर्खास्त गरिसकेको छ।

प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दल भएको र सबैभन्दा बढी प्रदेशमा सांसद भएकाले यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री बनाइएको प्रदेश प्रमुख भण्डारीले बताएकी थिइन् ।

तर भण्डारीको पद सोमबार नै गइसकेको छ । यादव मुख्यमन्त्री भएपछि विपक्षी राजनीतिक दल तथा तिनका कार्यकर्ताहरूले मधेस प्रदेश भवनभित्र तोडफोड तथा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

यही प्रकरणमा सात दलका तर्फबाट मुख्यमन्त्रीको पद खारेजीको माग गर्दै ७४ जना प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। उक्त मुद्दा दर्ता भइसकेको छ । अब बुधबार यो मुद्दामा सुनुवाइ हुने गरी पेशी तोकिएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : ११ बजे

रूसी नागरिकलाई भिसा प्रतिबन्ध लगाउने निर्णय ’भेदभावपूर्ण’

ब्रसेल्स– रूसी नागरिकहरूलाई भिसा जारी गर्न प्रतिबन्ध लगाउने युरोपेली सङ्घको

महानगर धुलोमुक्त बनाउँदै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले गौरवको योजनाअन्तर्गत सहरलाई धुलोमुक्त बनाउने कार्यलाई तीव्र

अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६

बाँकेबाट चार महिनामा ७० सर्पको उद्धार

नेपालगञ्ज– बाँकेमा आर्थिक वर्ष २०८२-८३ को चार महिनाको अवधिमा ७०

पाकिस्तानको एक अदालतमा विस्फोट, १२ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालत बाहिर मंगलबार भएको आत्मघाती