काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ३.२१ अंकले बढेको हो ।
आज नेप्से २५६५.१६ बिन्दुमा पुगेको छ भने पुँजीकरण पनि ०.१२ प्रतिशतले वृद्धि भएको छ । झिनो अंकले नेप्से बढे पनि आज १०२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने १४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो ।
आजको सेयर कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज नेप्सेमा साइन रेसुंगाको डिबेन्चर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने १०.२५ प्रतिशत नेपाल एसबीआई डिबेन्चर २०८३ बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।
आजको सेयर कारोबारमा बैंकिङ, हाइड्रोपावर, जीवन बिमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बिमा र व्यापार समूह हरियाली बने भने अन्य समूहको उपसूचक नकारात्मक रह्यो ।













प्रतिक्रिया