श्रमिकको कानूनी र नीतिगत सुधारको काममा सरकार सक्रिय– मन्त्री विष्ट « Khabarhub

श्रमिकको कानूनी र नीतिगत सुधारको काममा सरकार सक्रिय– मन्त्री विष्ट


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको कानुनी र नीतिगत पक्षलाई ध्यान दिइरहेको बताएका छन् ।

युएईमा जारी अवुधावि डायलग कार्यक्रममा श्रम मन्त्री विष्टले नेपालको ध्यान पछिल्लो समयमा भर्ना प्रकिया मर्यादित बनाउँदै नेपाली श्रमिकको सुरक्षामा केन्द्रीत भएको बताए ।

डायलगमा मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गदै मन्त्री विष्टले दृढतापूर्वक अगाडी बढाइएका यस्ता प्रयास द्धिपक्षिय तथा क्षेत्रीय सहयोगमा सार्थक हुने धारणा राखेका थिए ।

‘नेपाल कोलम्वो प्रोसेसको अध्यक्ष राष्ट्र भएको सन्दर्भमा अवुधावि डायलग तथा कोलम्वो प्रोसेसवीचको सहकार्यले क्षेत्रीय सहकार्यलाई बढाउने विश्वास गरेको छौं ।’ उनले भने, ‘कोलम्वो प्रोसेस श्रमिक पठाउने मुलुकहरुको साझा मञ्च हो भने अवुधावि डायलग श्रमिक लिने मुलुकहरुको साझा मञ्च हो । दुवैबिचमा पारष्पारिक समबन्ध हुनपर्छ ।’

कोलम्बो प्रोसेसले ५ वटा विषयगत क्षेत्रलाई प्राथमिकता दिएको मन्त्री विष्टले बैठकमा धारण राखेका थिए । सीप, विप्रशेषण व्यवस्थापन, मर्यादित भर्ना प्रक्रिया, पूर्वप्रस्थान अभिमुखिकरण तालिम तथा श्रम बजारको विश्लेषण नेपालको प्रथामिकतामा रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ४ : २४ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको