तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो : भीम रावल « Khabarhub

तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो : भीम रावल


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा. भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग सङ्गठनात्मक एकता गर्न पाउँदा तत्कालीन नेकपा विभाजनपश्चात् बिछोडको घाउमा मलम लागेझै भएको प्रतिक्रिया दिएका छन्।  
 
नेपाली कम्युनिष्ट पार्टीसँग सङ्गठनात्मक एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनले भने, ‘जुनबेला नेपाल कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीलाई विशृङ्खलित गरेर निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरिँदा गह्रौँ मन लिएर यसै ठाउँबाट गइएको थियो । फर्केर आज नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत तत्कालीन नेकपाका नेतासँग विचार मन्थन गर्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लागे झै भएको छ ।’
 
संयोजक बलियो राष्ट्रिय शक्ति निर्माण गरेर सामाजिक न्याय, आर्थिक तथा सामाजिक रूपान्तरणलाई सशक्त रुपमा अघि बढाउने संकल्पका साथ बढ्ने प्रण गरे। 

‘आगामी दिनमा शक्ति रूपले सङ्गठनात्मक भावनात्मक एकता र संकल्पका साथ आफ्नो लक्ष्यमा पुगिसक्ने छौँ’, उनले भने ।
 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : १८ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने