प्रचण्डको जिकिर : ओलीले हावा कुरा गर्छन्, एमालेका सबै नेता यतै आउँछन् « Khabarhub

प्रचण्डको जिकिर : ओलीले हावा कुरा गर्छन्, एमालेका सबै नेता यतै आउँछन्


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) छाडेर सबै नेताहरु नयाँ पार्टीमा आउने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले एमालेका सबै नेता नेपाली कम्युनिष्ट पार्टीमा आउने जिकिर गरेका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले हावा कुरा गर्ने गरेको पनि उल्लेख गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दल समाहित भइसकेको बताएका छन् । ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्’, उनले भने ।

यही कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० कम्युनिस्ट नेपाली कम्युनिस्ट पार्टी बनेको हो । उक्त पार्टीमा बुधबार डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान समाहित भयो । उता एमाले केन्द्रीय सदस्य प्रकाशबहादुर शाह पनि नेकपामा प्रवेश गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : २९ बजे

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री