कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : १५ औँ महाधिवेशनको मितिमा बहस | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : १५ औँ महाधिवेशनको मितिमा बहस


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिमा बहस जारी छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरूले आफ्नो राय राखेको कांग्रेस नेता मोहन बहादुर बस्नेतले जानकारी दिए ।

बैठकमा जेन-जी आन्दोलनपछिको परिस्थिति, निर्वाचनको विषयका साथै नियमित वा विशेष महाधिवेशन भन्ने विषयमा छलफल भएको उनले बताए ।

उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले सबै विषयमा सदस्यहरूले खुलस्त रूपमा चासो राखेको भन्दै देशको प्राथमिकताका आधारमा पार्टीले एकमत भएर निर्णय गर्ने जानकारी दिए । 

असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ । 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : ४० बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न