मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी | Khabarhub Khabarhub

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले आमनागरिकलाई सुशासन र शान्ति सुरक्षाको प्रत्याभूतिसहित मानव अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मानव अधिकार संरक्षण सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश कार्यान्वयन सम्बन्धी परामर्श कार्यक्रमको बुधबार उद्‌घाटन गर्दै उनले आफ्नो अधिकार खोज्दा अरुको अधिकार हनन हुन नदिने तर्फ सचेत रहन आग्रह गरे। 

त्यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मानव अधिकार संरक्षण एवं सम्वर्द्धन प्रशासनले कुनै कमजोरी हुन नदिने उल्लेख गरे। 

सो कार्यक्रममा प्रशासनिक अदालतका पूर्व अध्यक्ष काशीराज दाहालले ‘आयोगको सिफारिस कार्यान्वयनको स्थिति’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा आयोग स्थापना देखि हालसम्म १३ हजार उजुरी परेकामा एक हजार ६८८ फछर्यौट भएको र आयोगले सरकारलाई गरेको सिफारिसमा १३ प्रतिशत पूर्ण कार्यान्वयन, ३४ प्रतिशत आंशिक र ५१ प्रतिशत कार्यान्वयन नभएको उल्लेख छ ।
 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ७ : १९ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न