पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइनेछ : महासचिव पोखरेल « Khabarhub

पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइनेछ : महासचिव पोखरेल


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइने बताएका छन् । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा ‘घर फर्क अभियान’का सन्दर्भमा आयोजित भेटघाट कार्यक्रममा उनले विभिन्न करणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु नपर्ने बताएका हुन् । 

महासचिव पोखरेलले पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्यो भन्दा तलको व्यवहार नहुने बताए। 

‘कसलाई काहा र के जिम्मेवारी दिने भन्नेबारेमा पार्टीमा छलफल गरेर महाधिवेशन अगाडि नै टुङ्गो लगाइने छ,’ उनले भने, ‘विगतको जिम्मेवारी हेरेर कसलाई के जिम्मेवारी दिन उपयुक्त हुन्छ भन्नेबारे छलफल गछौँ ।’

पार्टीले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि, महाधिवेशन आयोजक कमिटी, विभिन्न विषयगत समिति, उपसमितिमा जिम्मेवारी दिने तयारी गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। 
 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ७ : ४२ बजे

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको