किन निर्वाचन आयोगमा पुगे सुदन गुरुङ ? « Khabarhub

किन निर्वाचन आयोगमा पुगे सुदन गुरुङ ?


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी अभियन्ता सुदन गुरुङ निर्वाचन आयोग पुगेका छन्। बिहीबार बिहान आयोग पुगेर गुरुङले हिमाली जिल्लामा मतदाता नामावली सङ्कलन गर्न कठिन भएकाले घुम्ती शिविर चलाउन माग गरेका छन् ।

गुरुङनिकट अर्का जेन-जी अभियान्ता अनिल बानियाँका अनुसार आयोगमा गुरुङले आयुक्तहरूसँग छलफल गरिरहेका छन्।

गुरुङले निर्वाचन आयोगको वेबसाइटमा देखिएका समस्या र आजबाट सार्वजनिक हुन लागेको अर्को निर्वाचन पोर्टललाई पनि थप प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनले त्यसलाई सूचनामुखी बनाउनका लागि विभिन्न विकल्पमा छलफल गरेका छन् ।

‘मतदाता नावली सङ्कलनका लागि हिमाली जिल्लामा समस्या भइरहेको बुझेका छौँ । त्यसका लागि घुम्ती शिविर सञ्चालन लगायतको कार्यक्रम गर्न सुझाव दिएका छौँ’, बानियाँले खबरहबलाई भने, ‘आजबाट सार्वजनिक हुन लागेको अर्को निर्वाचन पोर्टललाई पनि व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिएका छौँ ।’

बानियाँका अनुसार आयोगले पनि जेन-जीका मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताएका छन्। बानिया निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गुरुङ गएको कुरा गलत रहेको बताउँछन् ।

पछिल्लो समय गुरुङले जेन-जीको मागलाई सम्बोधन गर्न सरकारले विभिन्न विकल्पहरूमा कुराकानी गर्नुपर्ने बताइरहेका छन्। उनले बिहीबार मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालय नेकपा एमालेका नेता जस्तो हुँदै गएको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : १४ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ