काठमाडौं– माओवादी नेता तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
घिनाघाट-बिराटचोक सडक खण्डको ग्रामथान–५ कखरमारीमा आङ्बो चढ्दै आएको प्रदेशसभा को १ झ ६५० नम्बरको गाडीले ठक्कर दिँदा मोरङ ग्रामथानका प्रवेश चौधरीको मृत्यु भएको हो ।
सचिवालय सदस्य पूजन मग्रन्ती आङ्बोलाई लिन जाने क्रममा उक्त दुर्घटना भएको हो। आङबो भने सुन्दर हरैचामा एक बैठकमा गएका थिए।
दुर्घटनापछि चालक मग्रान्ती र सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बाटो काट्ने क्रममा प्रवेशलाई गाडीले ठक्कर दिएको थियो । दुर्घटना बिहीबार बिहान ११:३० बजे भएको प्रहरीको भनाइ छ।
नेता आङ्बोका अनुसार उनको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । आङबोले सामाजिक सञ्जालमा यसबारे जानकारी गराउँदै कानुनी प्रक्रियामा आफूले सघाउने बताएका छन्।
आङ्गोले क्षतिपूर्ति उपलब्ध गराउने कुरामा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।













प्रतिक्रिया