मधेशमा सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव, प्रदेश सभा सचिवालयमै दुई पक्षबीच कुटाकुट « Khabarhub

मधेशमा सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव, प्रदेश सभा सचिवालयमै दुई पक्षबीच कुटाकुट


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सात दलले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध महाभियोग दर्ता गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित ७ दलका ७४ सांसदहरूले बिहीबार महाभियोग दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्रका सांसदहरुले सभामुख मण्डलविरुद्ध महाभियोग लगाएका छन् ।

निवर्तमान मुख्मयन्त्री जितेन्द्र सोनरले विश्वासको मत लिने समय उत्पन्न विवादलाई लिएर ७ दलले मण्डलमाथि महाभियोग लगाएका हुन् ।

जनकपुरमा बिहीबार दिउँसो बसेको सात दलको बैठकले सभामखुले प्रदेश सरकार गठनमा तटस्थ भूमिका नखेलेको निचोड निकालेको थियो ।

प्रदेशसभा सञ्चालन गर्नुपर्नेमा महाभियोग आए सामना गर्न तयार छु भन्ने अभिव्यक्ति दिएर प्रदेशसभाको गरिमा बिगार्न खोजेको आरोप सभामुखमाथि उनीहरूले लगाएका छन् ।

प्रदेशसभाका ७४ सदस्यले सभामुखलाई अविश्वासको प्रस्ताव पेश गरेका हन् । मधेशमा १०४ जना सांसद छन् । एक जना निलम्बन र सभामुखसहित एमालेका २५ जना छन् ।

सभामुखमाथि अविश्वास प्रस्तावका लागि कांग्रेस, जनमत, जसपा नेपाल, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहित दलहरूले दुई तिहाइ पुग्छ ।

अविश्वासको प्रस्ताव दर्ताका लागि सभामुखको सचिवालय पुगेको सात दलको टोलीलाई नेकपा एमालेका नेता कार्यकर्ताले अवरोध गरेका थिए ।

दर्ता गर्न पुगेको टोलीमाथि एमालेका कार्यकर्ताको अवरोधले सभामुखको सचिवालयमा तनाव भएको थियो । त्यसक्रममा सभामुख मण्डल र सांसदहरूबीच पनि कुटाकुटको अवस्था भएको छ । सभामुख र सांसदहरू भिड्न थालेपछि कर्मचारीहरूले सभामुखको कार्यकक्षको बत्ती निभाइदिएका छन् ।

शनिबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले विश्वासको मत लिने समयमा नेकपा माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारी र माला कर्णलाई बोल्ने मौका दिएर विश्वासको मत लिने वातावरण बिगारेको आरोप उनीहरूको छ ।

त्यसपछि विश्वासको मत परीक्षण गर्ने वातावरण नै नपाएपछि सोनारले राजीनामा दिनुपरेको सात दलले आरोप लगाएका छन् । माओवादीका दुई सांसद विपक्षमा उभिँदा विश्वासको मत नजुट्ने भएपछि सोनलले राजीनामा दिएका थिए ।

रोकिए सांसदहरू

जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले अविश्वास प्रस्ताव दर्ता गर्न पुगेकालाई प्रहरीको निगरानीमा राखिएको बताए ।

प्रदेशसभा भवनभित्र अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयनुल राईन, उपेन्द्र महतो, रानी शर्मा तिवारी, रुपा यादव, नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह, जसपा नेपालका राजु गुप्ता, जनमत पार्टीका चन्दन सिंहलगायत सांसदहरू छन् ।

सांसदहरूले आफूहरूलाई रोक्नु असंवैधानिक भएको भन्दै विरोध गरेका छन् । उनीहरूले सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नदिन अवरोध गरिएको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ७ : ०४ बजे

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

चौतारा– यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भए

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?

काठमाडौं- सरकारले शनिबारदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी वस्ती हटाइरहेको

ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगा-जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका

खाताबाट २० हजार झिक्न नदिएपछि बहिनीको कंकाल नै बोकेर बैंकमा पुगे वृद्ध

ओडिशा (भारत) – ओडिशा राज्यको क्योन्झर जिल्लामा सोमबार अचम्म लाग्दो

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले