नेकपामा माधव सह-संयोजक हुँदा झलनाथ सदस्य मात्रै, यी हुन् आयोगमा पठाइएका १३८ जना केन्द्रीय सदस्य « Khabarhub

नेकपामा माधव सह-संयोजक हुँदा झलनाथ सदस्य मात्रै, यी हुन् आयोगमा पठाइएका १३८ जना केन्द्रीय सदस्य


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कात्तिक १९ गते १० वाम दल मिलेर घोषित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १३८ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ ।

पछिल्लो समय नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १२ वटा वाम विचारधाराका समूहहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले निर्माणको प्रक्रिया १३८ जनालाई केन्द्रीय कमिटी सदस्य तोकेको हो ।

यो सूचीमा प्रचण्डलाई संयोजक र माधवकुमार नेपाललाई सह-संयोजक तोकिँदा तेस्रो वरीयताका झलनाथ खनाललाई सदस्य मात्रै राखिएको छ।

सूचीमा प्रचण्डकी बुहारी बीना मगरलाई १३८ औँ नम्बरमा समेटिएको छ । तर उता प्रचण्डपुत्री रेनु दाहाल १२९ औँ नम्बरमा राखिँदा गंगा दाहाल भने यसमा परेकी छैनन् ।

नेकपाले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आमनिर्वाचनको प्रयोजनार्थ यही कात्तिक ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्ने सूचना निर्वाचन आयोगले जारी गरेको अवस्थामा अहिलेलाई १३८ जनाको केन्द्रीय कमिटी बनाएको हो ।

संयोजक प्रचण्डले दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा ती विवरण बुझाइएको बताए । तर त्यो सूची अझै बढ्ने छ । ‘पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुनेछन्’, प्रचण्डको सचिवालयले भनेको छ, ‘यसका लागि गृहकार्य भइरहेको छ । एकीकृत पार्टीको केन्द्रीय समितिसहितका सबै संरचना समेत यही प्रक्रियाअनुसार टुंगो लाग्नेछ।’

नेकपाले तय गरेको केन्द्रीय कमिटीको सूचीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका धेरै छन् । समाजवादीका कम्तीमा पनि ४० जना केन्द्रीय कमिटीमा अटाएका छन् । उता माओवादीका ७० जनाभन्दा धेरैलाई केन्द्रीय कमिटीमा अटाइएको छ ।

प्रचण्डको सचिवालयले निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको जनाएको छ।

कानुनअनुसार एकतिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भई हस्ताक्षर गरेका १३ जना महिला केन्द्रीय सदस्यहरूको नाम पनि पनि थपिएको छ। तर विधान बमोजिम संरचना बनाउन बाँकी रहेको नेकपाले जनाएको छ ।

नेकपाको प्रस्तावित विधानमा ३०१ सदस्यीय संघीय कमिटी रहने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  २ : ०१ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ