चौतारीका दुवै गणेशले भने : एमालेमा केपी ओलीको विकल्प छैन « Khabarhub

चौतारीका दुवै गणेशले भने : एमालेमा केपी ओलीको विकल्प छैन


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आगामी महाधिवेशनमा सर्वसम्मत रूपमा पुनः अध्यक्ष बनाउनु पर्ने बताएका छन् ।

अध्यक्ष पाण्डेले प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा बोल्दै देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानको बाटोमा लैजान केपी ओलीको सक्षम नेतृत्व अहिलेको आवश्यकता भएको बताए ।

‘एमालेलाई एकताबद्द गरेर राष्ट्रिय राजनीतिको नेतृत्व गर्न सक्ने नेता अध्यक्ष ओली नै हुन्। त्यसैले पार्टीभित्र कुनै विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ,’ उनले भने ।

उक्त बैठकमा उपस्थित चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेतले पनि एमालेमा ओलीको विकल्प नभएको तर्क गरेका छन्।

अध्यक्ष पाण्डेले आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण, विचार–सिद्धान्त परिष्करण र राष्ट्रिय राजनीति स्थिर बनाउन महत्वपूर्ण मोडको रूपमा व्याख्या गरे ।

अध्यक्ष पाण्डेले भदौ २३ र २४ गतेको आन्दोलन प्रतिक्रान्ति भएको बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  २ : ३० बजे

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी

क्युरेक्स फर्मास्युटिकल्सको ‘प्यान्टोलोक–डीएसआर’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना