टर्कीमा युद्धविरामको तयारी, कुर्द लडाकूविरुद्ध सैन्य अभ्यास रोक्यो « Khabarhub

टर्कीमा युद्धविरामको तयारी, कुर्द लडाकूविरुद्ध सैन्य अभ्यास रोक्यो


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्कीमा युद्धविरामको सुरुवात भएको छ । टर्कीले कुर्द लडाकूविरुद्धको सैन्य अभ्यास रोकेपछि यसलाई युद्धविरामको तयारीका रुपमा लिइएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले भनेका छन्, ‘टर्की उत्तरी सिरियामा आफ्नो सैन्य अभ्यास रोक्न सहमत भएको छ ताकि कुर्द नेतृत्वको बल पछि हट्न सकोस् ।’ यो घोषणा अंकारामा पेन्स र टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनबीच भएको भेटवार्तापछि भएको हो ।

सबै सैन्य अभियान आगामी पाँच दिनका लागि रोकिएको छ र अमेरिका कुर्द बलको व्यवस्थित ढंगले फिर्ता गराउन मद्दत गर्नेछ । अमेरिकाले सीमाको त्यस इलाकाबाट कुर्द बललाई हटाइरहको छ जहाँ टर्की ‘सेफ जोन’ बनाउन चाहन्छ ।

टर्कीले पछिल्लो साता यस अभियानको सुरुवात गरेको थियो । यसको अर्थ कुर्द बललाई सीमाबाट पछि धकेलेर त्यहाँ सिरियाली शरणार्थीहरुका लागि एक ‘सेफ जोन’ बनाउनु रहेको छ।

पेन्सको घोषणा भन्दा अघि अमेरिकी राष्ट्रपतिले अर्दोआनलाई धन्यवाद दिँदै ट्विटमा ‘लाखौँको ज्यान जोगिने छ’ बताएका थिए । पेन्सले आफ्नो घोषणका दौरान डोनाल्ड ट्रम्पको मजबुत नेतृत्वको सराहना गरे । उनले भने ‘ टम्प युद्धविराम चाहन्छन्, उनी हिंसा रोक्न चाहन्छन् । ’

अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले टर्की जब सैन्य अभियान समाप्त गर्छ तब उसमाथि आर्थिक प्रतिबन्ध हटाइनेछ र यस दौरान अधिक प्रतिबन्ध नलगाइने बताएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ९ : १५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको