१४ दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण  « Khabarhub

१४ दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साझेदारसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले गएको १० दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । 

पशु कल्याणका लागि काम गर्ने संघ संस्थाहरूसँगको सहकार्यमा कार्तिक १४ (२०८२) बाट सबै वडामा बन्ध्याकरणको काम सुरु गरिएको हो । 

बन्ध्याकरण गरिएका कुकुर/बिरालोलाई रेबिज विरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाका पशु चिकित्सक डा. पूजा खनालले जानकारी दिइन् । 

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेबिजविरुद्धको खोप दिइएको थियो । 

यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेबिज विरुद्धको खोप दिइएको थियो । महानगरपालिकाले २०७९/०८० सामुदायिक कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप दिने र बन्ध्याकरण गर्ने कार्यक्रमलाई नियमित सञ्चालन गरिरहेको छ । 

यस वर्ष गएको असोज २२ गते सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघ संस्थाबाट आवेदन आह्वान गरिएको थियो । आवेदनमध्ये छनोट भएका ५ वटा संघ संस्थाहरूलाई वडा छुट्याएर जिम्मेवारी दिइएको छ ।

यसरी प्रदान गरिएको जिम्मेवारीमा स्नेहाज केयरलाई वडा नम्बर २, ८, १२, १३, १४ र २९ गरी ६ वटा वडा जिम्मेवारी दिइएको छ । 

जसमध्ये केयरले वडा नम्बर १४ मा १५६ वटाको बन्ध्याकरण गरेको छ । काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक)लाई वडा नम्बर ११, २१, २२, २४, २८ र ३० गरी ६ वटा वडाको जिम्मेवारी दिइएको छ । जसमध्ये सेन्टरले वडा नम्बर ११ मा २९ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । 

पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल (एसपीसीए) लाई वडा नम्बर १, ३, ४, ५, १८, २६ र २७ गरी ७ वटा वडाको जिम्मेवारी दिइएको छ । 

जसमध्ये समाजले वडा नम्बर १ मा ६२ वटा कुकुरको र वडा नम्बर ३ मा ८४ वटा कुकुरको बन्ध्याकरण गरेको छ । 

मण्डला भेटनरी अस्पताललाई वडा नम्बर ६, १०, २३, २५, ३१ र ३२ गरी ६ वटा वडा दिइएको छ । जसमध्ये अस्पतालले वडा नम्बर ६ मा ३३ वटा र ३२ मा ३४४ वटाको बन्ध्याकरण गरेको छ । 

काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर) लाई वडा नम्बर ७, ९, १५, १६, १७, १९ र २० गरी ७ वटा जिम्मा दिइएको छ । सेन्टरले अहिलेसम्म वडा नम्बर १६ मा ४०३ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।  

सामुदायिक कुकुरको बन्ध्याकरणका लागि छनोट भएका संघसंस्थालाई मिति कार्तिक १३ गते सम्झौता गरेर १४ गतेबाट नै काम थालनी गरिएको हो । 

यस वर्ष पुस अगाडि करिब ४ हजार कुकुरको बन्ध्याकरण गर्ने योजना छ । थप बजेटको व्यवस्था हुन सके थप ४ हजारको बन्ध्याकरण गर्ने योजना रहेको कृषि तथा पशुपन्छी विभागले जनाएको छ । 

एउटा कुकुर वा बिरालोको बन्ध्याकरण गरेर रेबिज विरुद्धको खोप लगाएबापत महानगरपालिकाले २ हजार ५ सय रुपियाँ भुक्तानी दिनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : ४९ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा