उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जनाको उद्धार « Khabarhub

उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जनाको उद्धार


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आज डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट उद्धार गरिएको हो । उद्धार हुनेमा  प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिष्ठ हवलदार मणिराज जोशी, प्रहरी हवलदार जनकबहादुर कार्की, प्रहरी जवान नवराज भट्ट र प्रहरी जवान नरेन्द्र भट्ट रहेका छन् । 

उद्धार गरिएका पाँचै जना शे–फोक्सुन्डो गाउँपालिका–१ निजालगुम्बास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत थिए ।

नाम्दोबाट धो हुँदै दुनै पुग्ने भनेर हिँडेको करिब ३६ घण्टामा हिउँ र अत्यधिक चिसोले हिँड्न नसक्ने अवस्था आएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए । 

पाँचै जनालाई हेलिकप्टरबाट सदरमुकाम दुनै झारेर सामान्य जाँचपछि थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले उनले बताए । रासस 
 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : ३३ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा