पूर्व मिस नेपाल उषा खड्की र जीपी तिमल्सेनाको वैवाहिक जीवनमा खटपट ! « Khabarhub

पूर्व मिस नेपाल उषा खड्की र जीपी तिमल्सेनाको वैवाहिक जीवनमा खटपट !


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमल्सेनाको वैवाहिक जीवनमा खटपट देखिएको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुवै डिभोर्सको स्थितिमा पुगेको हल्ला चलेको छ । यद्यपि यसबारेमा यो जोडी भने बोल्न चाहेको छैन ।

सामान्य घर झगडा बढेको दुवैले स्वीकारे पनि डिभोर्स गर्ने भने चर्चा हल्ला मात्र भएको जीपी बताउँछन् । यद्यपि यी दुई छुट्टिने अवस्थामा पुगेको स्रोतको दाबी छ । सामाजिक सञ्जालमा पनि उषाले आफ्ना छोराछोरीका तस्वीर मात्र अपलोड गर्ने गर्छिन् ।

यता जीपीले पनि सामाजिक सञ्जालमा उषा खड्गीसँगका तस्वीर शेयर गरेको पाइँदैन । साथै उनले आफू यस विषयमा बोल्नै नचाहेको पनि बताएका छन् । ‘बाहिर जे हल्ला चलिरहेको छ, यो बारेमा मलाई केही नसोध्नुहोला, मलाई कुनै चासो छैन,’ जीपीको भनाइ छ ।

अर्कातिर दुई वर्षअघि निर्माण हुने भनिएको चलचित्र ‘आउँदै जाँदै’ पनि अझैसम्म बन्न सकेको छैन । तामझामका साथ फिल्म निर्माणको आधिकारिक घोषणा गरिएको यो फिल्म अब भने झनै नबन्ने हो कि भन्ने अड्कल काट्न थालिएको छ ।

सन् २००० कि मिस नेपाल उषा खड्गी र जीपीले अन्तर्जातीय विवाह गरेका थिए । जीपी र उषाको डेढ दशक लामो वैवाहिक सम्बन्ध टुट्ने हो कि भन्नेमा धेरैले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ११ : ०६ बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण