पूर्व मिस नेपाल उषा खड्की र जीपी तिमल्सेनाको वैवाहिक जीवनमा खटपट ! | Khabarhub Khabarhub

पूर्व मिस नेपाल उषा खड्की र जीपी तिमल्सेनाको वैवाहिक जीवनमा खटपट !


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमल्सेनाको वैवाहिक जीवनमा खटपट देखिएको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुवै डिभोर्सको स्थितिमा पुगेको हल्ला चलेको छ । यद्यपि यसबारेमा यो जोडी भने बोल्न चाहेको छैन ।

सामान्य घर झगडा बढेको दुवैले स्वीकारे पनि डिभोर्स गर्ने भने चर्चा हल्ला मात्र भएको जीपी बताउँछन् । यद्यपि यी दुई छुट्टिने अवस्थामा पुगेको स्रोतको दाबी छ । सामाजिक सञ्जालमा पनि उषाले आफ्ना छोराछोरीका तस्वीर मात्र अपलोड गर्ने गर्छिन् ।

यता जीपीले पनि सामाजिक सञ्जालमा उषा खड्गीसँगका तस्वीर शेयर गरेको पाइँदैन । साथै उनले आफू यस विषयमा बोल्नै नचाहेको पनि बताएका छन् । ‘बाहिर जे हल्ला चलिरहेको छ, यो बारेमा मलाई केही नसोध्नुहोला, मलाई कुनै चासो छैन,’ जीपीको भनाइ छ ।

अर्कातिर दुई वर्षअघि निर्माण हुने भनिएको चलचित्र ‘आउँदै जाँदै’ पनि अझैसम्म बन्न सकेको छैन । तामझामका साथ फिल्म निर्माणको आधिकारिक घोषणा गरिएको यो फिल्म अब भने झनै नबन्ने हो कि भन्ने अड्कल काट्न थालिएको छ ।

सन् २००० कि मिस नेपाल उषा खड्गी र जीपीले अन्तर्जातीय विवाह गरेका थिए । जीपी र उषाको डेढ दशक लामो वैवाहिक सम्बन्ध टुट्ने हो कि भन्नेमा धेरैले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ११ : ०६ बजे

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ