कोलम्बियाली सैनिकको कारबाहीमा नौ लडाकू मारिए « Khabarhub

कोलम्बियाली सैनिकको कारबाहीमा नौ लडाकू मारिए


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बोगोटा– कोलम्बियाली सैनिकले भेनेजुएला सीमा नजिकको एराउका प्रान्तमा बमबारी गर्दै नौ विद्रोही समूहका लडाकू मारिएको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

उक्त कारबाही राष्ट्रपति गुस्ताभो पेट्रोको निर्देशनअनुसार भएको हो, जसले कोकेन तस्करीमा संलग्न विद्रोहिहरूसँगको सङ्घर्षलाई तीव्र बनाउने प्रयास गरिरहेका छन् । राष्ट्रपति पेट्रोमाथि यसअघि विद्रोहिहरूसँग पर्याप्त कदम नचालेको आरोप लागेको थियो ।

स्थानीय सञ्चार माध्यमले जनाएका अनुसार, यस हमलामा उच्चस्तरीय विद्रोही कमाण्डर एन्तोनियो मेडिनालाई मारिएको छ कि भन्ने विषयमा अनुसन्धान भइरहेको छ । मेडिना पूर्व–फार्क लडाकू र नेशनल लिबरेसन आर्मी ९ईएलएन० समूहबीचको रक्तरञ्जित युद्धमा मुख्य भूमिकामा रहेका थिए ।

यस हप्ताको सुरुमा कोलम्बियाली सैनिकले अमेजन क्षेत्रमा रहेका एक पूर्व–फार्क उपसमूहमाथि हवाई हमला गर्दै १९ जना लडाकूको हत्या गरेका थिए ।

राष्ट्रपतिले विद्रोहिहरूसँगको युद्धलाई तीव्र बनाउने निर्देशन दिएका छन्, तर उनको प्रशासनलाई अमेरिकाबाट आलोचना पनि प्राप्त भएको छ । अक्टोबरमा अमेरिकाले पेट्रो, उनका श्रीमती, छोरा र एक उच्च अधिकारीमाथि ऐतिहासिक प्रतिबन्ध लगाएको थियो। ।

उनीहरूलाई मादक पदार्थ तस्करीमा सहकार्य गरेको आरोप लागेको थियो, यद्यपि अमेरिकाले प्रत्यक्ष प्रमाण प्रस्तुत गरेको छैन ।
पेट्रोले सन् २०२२ मा सत्ता सम्हालेपछि सशस्त्र कोकेन उत्पादक समूहहरूसँग वार्ता गर्न प्राथमिकता दिएका थिए ।

पेट्रो पुनः राष्ट्रपति बन्न नसक्ने भएकाले, आगामी चुनावमा यस आलोचनाले उहाँका राजनीतिक सहयोगीहरूलाई असर पुर्‍याउने सम्भावना छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १ : १५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग