जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा « Khabarhub

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड युरो थप सहयोग गर्ने योजना बनाएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन् ।

मन्त्री पिस्टोरियसले यो घोषणा अन्य युरोपेली रक्षा मन्त्रीहरूसँग संयुक्त पत्रकार सम्मेलनमा गरेका थिए । यसअघि जर्मनीले युक्रेनलाई पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग गरिसकेको छ ।

बर्लिनले युक्रेनको दीर्घकालीन समर्थनमा प्रतिबद्धता व्यक्त गर्दै, सन् २०२६ मा ११ अर्ब ५० करोड युरोभन्दा बढी सहयोग प्रदान गर्ने योजना रहेको जनाएको छ । जर्मनीको सङ्घीय विदेश कार्यालयका अनुसार, यसअघि करिब ४० अर्ब युरो सैन्य सहायता उपलब्ध गराइसकेको छ ।

गुरुवार जर्मनीका प्रधानमन्त्री फ्रिडरिक मर्जले यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमार्फत संवेदनशील विषयमा विचारविमर्श गरेका थिए । वार्तामा, युक्रेनलाई निरन्तर सहयोग सुनिश्चित गर्नुका साथै भ्रष्टाचार र कानूनी सुधारमा प्रगति गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

त्यसैगरी, युवा यूक्रेनी नागरिकहरूले देश छोडेर अन्य देशतर्फ जाने बढ्दो समस्याबारे पनि दुई नेताबीच छलफल भएको छ ।
 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १ : ४० बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी