विर्तामोडमा एमालेको जनसभा « Khabarhub

विर्तामोडमा एमालेको जनसभा


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी झापाद्वारा बिर्तामोडमा आज र्‍यालीसहित जनसभा आयोजना गरिएको छ ।

विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी झापाले विर्तामोडका तीन अलगअलग स्थानबाट शान्तिपूर्ण र्‍याली निकालेर विर्तामोड नगरपालिका-५ स्थित सिटी सेन्टर अगाडि जनसभा सुरु गरेको हो । 

एमाले पार्टी पोलिटब्युरो सदस्य देवेन्द्र दाहालको नेतृत्वमा विर्तामोड–१ स्थित पश्चिमतर्फबाट र्‍याली सुरु भएको थियो । र्‍यालीमा  जिल्ला इन्चार्ज रोमनाथ ओलीसहित विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागिता थियो ।

विर्तामोड-४, भद्रपुर रोडस्थित नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र अगाडिबाट अर्को र्‍याली सुरु गरिएको थियो । पार्टीका केन्द्रीय सदस्य हरि राजवंशीको नेतृत्वमा, प्रदेश कमिटी सदस्य अमृतलाल राजवंशीसहित एमालेका नेता तथा कार्यकर्ताको र्‍यालीमा सहभागिता थियो ।

तेस्रो र्‍याली विर्तामोड-५ स्थित शनिश्चरे रोडतर्फबाट सञ्चालन गरिएको थियो । पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलको नेतृत्वमा केन्द्रीय सदस्य रवीन कोइरालासहितका नेता तथा कार्यकर्ता सहभागी थिए ।
 
र्‍याली मुक्तिचोक हुँदै सिटी सेन्टर अगाडि आएर जनसभामा परिणत भएको छ । अहिले सो सभामा केन्द्रीय नेतृत्वसहितका जिल्लास्तरीय नेताले सम्बोधन गरेका छन् ।  

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ३ : ३४ बजे

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी

गण्डकीमा चुनावको तयारी तीव्र

गण्डकी– मतदानको दिन आउन ९ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा

झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी– आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट सीमानाका

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

तनहुँ– तनहुँको दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ

निर्वाचनमा भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द हुने

कञ्चनपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न