मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव « Khabarhub

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन्।

भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए।

अध्यक्ष यादवले हाल सुरक्षाको वातावरणका बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने बताए।

‘यो सरकारको दायित्व नै निर्वाचन गराउने हो। जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन भयभित रहेको अवस्थामा यसको अन्त्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्छ र निर्वाचन हुनुपर्छ’, उनले भने।

पूर्वउपप्रधानमन्त्री यादवले लोकतन्त्रमा जनताको प्रतिनिधि सरकारमा हुनुपर्ने बताउँदै जनसङ्ख्याको आधारमा प्रतिनिधित्व आवश्यक रहेकामा जोड दिए।

उनले पार्टी र उम्मेदवारले पैसा खर्च गर्न नपर्ने गरी निर्वाचन प्रणाली सुधार हुनुपर्ने र सङ्घीय संरचना सुधार्न प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाइपर्ने धारणा राखे।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १० : ५५ बजे

एमाले पदाधिकारीको दौडमा यी सात नेतृ

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा सातजना महिला नेतृहरू सचिवालयमा

हुन्डीमार्फत ५७ लाख ४७ हजार कारोबार गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं– नेपाल प्रहरीले हुन्डीमार्फत ५७ लाखभन्दा कारोबार गर्ने एक जनालाई

प्रधानमन्त्रीसँग दुर्गा प्रसाईँको माग- राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गरौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ

प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा

भद्रपुर– प्रादेशिक अस्पताल भद्रपुरमा आजदेखि नवजात सघन उपचार कक्ष (एनआइसीयू)सेवा