सबैले आत्म-समीक्षा नगरे इतिहासले कसैलाई क्षमा गर्दैन : बाबुराम भट्टराई « Khabarhub

सबैले आत्म-समीक्षा नगरे इतिहासले कसैलाई क्षमा गर्दैन : बाबुराम भट्टराई


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले देश इतिहासकै सबैभन्दा अन्योलको अवस्थामा रहेको भन्दै सबैले अत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

अहिलेको परिस्थितिमा सबैले गम्भीर आत्म-समीक्षा नगरे इतिहासले कसैलाई क्षमा नदिने उनको भनाइ छ । सामाजिक सञ्जालमा सक्रिय बाबुरामले फेसबुकमा लेखेका छन्, ‘सबैले गम्भीर आत्म-समीक्षा गरौं, नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन ।’

घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने र कसले ठुलो भाग खाने भनेर झगडा गर्ने समय यो नभएको उनले प्रष्ट पारेका छन् । बाबुरामले आगो निभाउने र नयाँ घर बनाउने संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ’, बाबुरामले लेखेका छन्, ‘घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने बेला यो हैन। बरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो।’

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ९ : २० बजे

सवारीमा बालबालिका सुरक्षाको नयाँ मापदण्ड: अगाडि बस्न नपाइने, १३५ सेन्टिमिटरको उचाइ मानक

काठमाडौँ– सरकारले साना सवारी साधनमा यात्रा गर्ने बालबालिकाको सुरक्षाका लागि

दुर्घटनामा स्कुटर चालकको मृत्यु

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को नौ महिनामा वीरगञ्ज नाका हुँदै

नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ

काठमाडौँ – नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा प्रहरीले

बागलुङ नगर अस्पताल भवन निर्माण सुस्त

बागलुङ– बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ