स्पीड स्केट च्याम्पेनसीप सम्पन्न « Khabarhub

स्पीड स्केट च्याम्पेनसीप सम्पन्न


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ललितपुर– एक दिवसिय ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पेनसीप २०२५ अन्तर्गत जुनियर तथा सिनियर विद्याका खेल शनिबार ललितपुरको यूएन पार्कमा भएको छन् । 

सो खेल नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसन र ग्लाइड सिटीको संयुक्त आयोजनामा भएको हो ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका महासचिव सत्य थापाका अनुसार खुला च्याम्पेनसीप अन्तर्गत भएका दुई वटै विद्याका खेलमा ५०, ५० जना खेलाडीको सहभागिता रहेको थिए । 

सो प्रतियोगितामा खेलाडीले जुनियरतर्फ १५० मिटर र सिनियरतर्फ २५० मिटरको छ फिट ट्याकमा खेलेका थिए 

जसमा जुनियरतर्फ सुवास श्रेष्ठ प्रथम, एन्जे शेर्पा दोस्रो र सुवर्ण अधिकारी तेस्रो भए भने सिनियरतर्फ रामु थारु प्रथम, विपिन मगर दोस्रो र आर्यन तेस्रो भएका छन् ।

विजयी खेलाडीलाई पूर्व खेलकूदमन्त्री महेश्वरसिंह गहतराज, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका अध्यक्ष अच्युत खनाल र प्रमुख प्रशिक्षक दिलिपराज बरालले नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा ग्लाइड सिटीका सञ्चालक बसन्त पन्तले अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

यसअघि सो प्रतियोगिताको उद्घाटन गर्दे नेपाल ओलम्कि कमिटीकका अध्यक्ष जीवनराम श्रेष्ठले स्केटिंगमा बालबालिका र युवायुवतीको आरक्षण रहेकोले यो खेलको भविष्य सुन्दर रहेको बताएका थिए ।

ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पेनसीप २०२५ अन्तर्गत जुनियर तथा सिनियर विद्याको निर्णय मण्डलमा प्रमुख प्रशिक्षक दिलिपराज बराल, राष्टिय खेलाडीहरु कृपा पन्त, योगिना श्रेष्ठ, मुस्कान मगर, प्रयास खड्का रहेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : २९ बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट