श्रम गर्न जनता अब विदेश जानु पर्दैन, हामी शक्तिको ज्वाला सिर्जना गर्छौँ : वामदेव गौतम « Khabarhub

श्रम गर्न जनता अब विदेश जानु पर्दैन, हामी शक्तिको ज्वाला सिर्जना गर्छौँ : वामदेव गौतम


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले देशका सातै प्रदेशमा सन्देश सभा गर्ने बताएका छन् ।

ती सभाहरूबाट आफूहरूको दल नेकपाको शक्तिको ज्वाला देखाउने उनले बताएका छन् ।

नवगठित दलका पदाधिकारीहरुको बैठक बसेर एकताको सन्देश दिन कार्यक्रम तय गरिएको उनले बताए । पेरिसडाँडामा भएको बैठकबाट आइतबार बाहिरिने क्रममा गौतमले समाजवाद निर्माण गर्न आफ्नो दल अघि बढ्ने बताए ।

‘अब हामी समाजवाद निर्माण गर्छौं । देशका जति समस्या छन्, समाधान गर्ने सन्देश दिन्छौं । देशलाई सुन्दर बनाउँछौं । नेपालमै श्रम गर्ने हो, श्रमका लागि विदेश जानुपर्दैन भनेर आश्वस्त पार्न जनताबीचमा जान्छौँ’, उनले भने, ‘सबै ठाउँमा शक्तिको ज्वाला सिर्जना गर्छौं । नेपालको सुरक्षा र रक्षा गर्छौं । जनतालाई समृद्ध पार्छौं । सातै प्रदेशमा सन्देशसभा आयोजना गरेर जनतालाई ढुक्क बनाउँछौँ ।’

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ५ : ४६ बजे

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा

बागमती– क्षमताभन्दा बढी बाल कैदीबन्दी भएपछि मकवानपुरको हेटौँडास्थित बालसुधार गृहमा

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ

मुस्ताङ– यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८

कांग्रेस देउवा पक्षको बैठक धुम्बाराहीमा

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक सुरु भएको छ

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ घाइते

एजेन्सी– इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा