चिनियाँ दबाबपछि विश्वविद्यालयको शोध रोकिएको विषयमा बेलायतमा अनुसन्धान शुरु « Khabarhub

चिनियाँ दबाबपछि विश्वविद्यालयको शोध रोकिएको विषयमा बेलायतमा अनुसन्धान शुरु


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीको दबाबका कारण एउटा विश्वविद्यालयले आफ्नो शोध नै बन्द गरेको विषयमा बेलायतको प्रतिआतंकवाद प्रहरीले अनुसन्धान थालेको छ । केही समयअघि बेलायतको शेफिल्ड हलम विश्वविद्यालयले उइग्युर मुसलमान समुदायलाई बधुँवा मजदुरका रुपमा खटाइएको विषयमा गरिरहेको शोध ठप्प पारेको थियो ।

समाचारमा जनाइए अनुसार उक्त शोध चिनियाँ दबाबका कारण बन्द गरिएको थियो । ब्राइटबाटका अनुसार यस विषयलाई गम्भीरताका साथ लिँदै अब बेलायतको प्रतिआतंकवाद प्रहरीले अनुसन्धान गर्न लागेको छ ।

उक्त विश्वविद्यायलमा रहेको हेलेना केनेडी सेन्टर फर इन्टरनेशनल जस्टिस नामक शोधकेन्द्रमा लउरा मर्फीले यस विषयमा शोध गरिरहेकी थिइन् । उनको शोधको विषय उइग्युर मुसलमानको मानव अधिकारसँग सम्बन्धित रहेको थियो ।

उइग्युर मुसलमान समुदायलाई चीनले बाध्यकारी श्रममा लगाउने गरेको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको छ । चीन सरकारले भने यस्तो आरोपको खण्डन गर्दै आएको छ ।

तर, गत फेब्रुअरी महिनामा उनलाई आफ्नो शोध तत्काल रोक्न आग्रह गरेको थियो । यसै विषयमा बेलायतको प्रतिआतंकवाद प्रहरीले अनुसन्धान थालेको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ६ : ४० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार