औद्योगिक ग्रामको काम अघि बढेन « Khabarhub

औद्योगिक ग्रामको काम अघि बढेन


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने भनिएको औद्योगिक ग्रामको काम अघि बढ्न सकेको छैन । हाल पर्खाल लगाउने काम मात्रै भएको छ ।

उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले हाल जग्गा संरक्षणका लागि पर्खाल लगाउने काम भएको र केही समयमा टहरा निर्माण गरिने बताए । टहरा निर्माणपछि खानेपानी, विद्युत्लगायत सुविधा उपलब्ध गराएपछि व्यवसायीहरु बस्न सहज हुने उनको भनाइ छ ।

औद्योगिक ग्रामका लागि चालु आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन भएको छ । तुलसीपुर उपमहानगरपालिकाले अघिल्लो कार्यकालमै सोही ठाउँमा औद्योगिक ग्राम निर्माणका लागि कार्यपालिकाबाट निर्णय गरेको थियो ।

साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्न सोही स्थानमा औद्योगिक ग्राम बनाउने गरी छनोट गरिएको छ । त्यहाँको करिब २५ बिघा जग्गामा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ४३ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र