पुन: निर्माणको दोस्रो किस्ता लिन प्राधिकरणको आह्वान « Khabarhub

पुन: निर्माणको दोस्रो किस्ता लिन प्राधिकरणको आह्वान


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कात्तिक मसान्तभित्र निजी आवास पुनःनिर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा समयमा नै दोस्रो किस्ता लिएर घर पुनःनिर्माण गर्न भूकम्प पीडितलाई आग्रह गरेका हुन् ।

प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कात्तिक मसान्तसम्म तोकेको छ । सरकारले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्तामा रु ५० हजार, दोस्रोमा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख अनुदान उपलब्ध गराउँदै आएको छ ।

निजी आवास पुनःनिर्माणका लागि सात लाख ७६ हजार ९१० लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । त्यसमध्ये सात लाख ६८ हजार ५४९ लाभग्राहीले पहिलो, छ लाख १२ हजार १०५ लाभग्राहीले दोस्रो र पाँच लाख सात हजार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।

भूकम्पबाट क्षति भएकामध्ये चार लाख ६९ हजार २५९ घर पुनःनिर्माण भइसकेका छन् । एक लाख ९४ हजार ४५६ घर पुनःनिर्माणका क्रममा छन् । भूकम्प प्रभावित ३२ जिल्लामा ६० प्रतिशत घर पुनःनिर्माण सम्पन्न भए पनि ललितपुर जिल्लामा ३२ प्रतिशत लाभग्राहीले मात्र तेस्रो किस्ता लिएका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले शहरी क्षेत्रमा प्रत्येक घर पुनःनिर्माणमा ढिलाइ भएको कारण बुझ्न आवश्यक भएको भन्दै एक घर एक परियोजना बनाएर अघि बढ्न कर्मचारीलाई निर्देशन दिए । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले शहरी क्षेत्रमा निजी आवास पुनःनिर्माणलाई द्रुत गतिमा अघि बढाउन सबैको सहयोग आवश्यक भएको भन्दै नभए अनुदान लिनबाट वञ्चित हुने बताए ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ललितपुर)का प्रमुख शिवराम गेलालले जिल्लामा प्रथम किस्ता लिई दोस्रो किस्ता नलिने, भूमिहीनले सम्झौता गर्न नसक्नु, आर्थिक अभाव हुनु, कम क्षेत्रफलको जग्गा हुनु, जग्गाको स्वामित्वसम्बन्धी विवाद हुनु, केही लाभग्राही निजी आवास पुनःनिर्माण गर्न इच्छुक नहुनुलगायतका समस्या रहेको बताए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १० : ०१ बजे

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण