दमौली-केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै « Khabarhub

दमौली-केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ (रिङ्गरोड)का रूपमा विकास गर्न थालिएको छ । 

गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण्डमा अहिले तीव्रताका साथ काम भइरहेको छ ।

दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लालिगएको व्यास–१४ का कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिए । 

उनले भने, ‘यस खण्डमा पर्ने १४ किमीमध्ये हालसम्म सात किमी सडक कालोपत्र भइसकेको छ ।’ उक्त विनियोजित बजेटले यस वर्ष एक किमी कालोपत्र गरेपछि छ किमी बाँकी रहने उनले बताए। 

सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्र्तगत विश्व बैंकको रु छ करोड ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भएर दोस्रो चरणका लागि प्रक्रिया अघि बढाइएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए । 

उनले भने, ‘नगरपालिकाबाट गत भदौमा आवश्यक कागजपत्र पेस गरिसकिएको छ । सहयोगी दाता सकारात्मक छन्, जेनजी आन्दोलनका कारण केही समय ढिलाइ भएको हो ।’ 

गण्डकी प्रदेश सरकारबाट रु एक करोड बजेट पुनः विनियोजन भएको जनाउँदै केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि नगरले पटकपटक गरी हालसम्म करिब चार करोड बजेट विनियोजन गरिसकेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए।

उनले भने, ‘यो मोटरमार्गको स्तरोन्नतिका लागि नगरले बर्सेनि बजेट विनियोजन गर्दै आइरहेको छ ।’ 

आदिवासी जनजातिको बाहुल्यता रहेको यस क्षेत्रमा घरबासका रूपमा पर्यटन प्रवर्द्धन कार्य हुँदै आएको छ । स्थानीय कला, संस्कृति र परम्पराको  जर्गेना गर्दै स्थानीय उत्पादनलाई घरबासमा प्राथामिकता दिइँदै आइएको कार्यवाहक वडाध्यक्ष आलेले बताए। 

उनले भने, ‘सडक पहुँच वृद्धि भएसँगै अब छिट्टै केशवटार सुगम गाउँ बन्ने अपेक्षा गरिएको छ ।’

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : ५० बजे

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप

बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्ग निर्देशक हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक