एमाले बैठक : ओलीको अडान ‘म नेतृत्व छोड्दिन, तर एक मन भएर एकताका साथ जाऊँ’ « Khabarhub

एमाले बैठक : ओलीको अडान ‘म नेतृत्व छोड्दिन, तर एक मन भएर एकताका साथ जाऊँ’



काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धा हुने भएको छ । यसको औपचारिक जानकारी पोखरेलले शुक्रबारको एमाले सचिवालय बैठकमा गरेका छन् । 

बैठकमा पोखरेलले आफू अध्यक्षको दाबेदार रहेको जानकारी तेस्रो पटक अध्यक्ष हुन लागेका ओलीलाई गराएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । 

बैठक स्रोतले भन्यो, ‘बैठकमा अध्यक्षले एक मन र एकताका साथ जाऊँ भनेर भन्नुभयो । उहाँले जनता र कार्यकर्तालाई एकताबद्ध गर्न र पार्टीमा नयाँ सन्देश दिन एक मन र एकताका साथ जाऊँ भन्ने प्रस्ताव गर्नुभयो । ’ बैठकमा सहभागी नेताले भने, ‘अध्यक्षले त्यसो भनेपछि ईश्वर कमरेडले म पनि उम्मेदवारी दिन इच्छुक छु भन्नुभयो । तयारी त्यसरी गरिरहेको छु । उम्मेदवारी दिन्छु भनेपछि अध्यक्ष छक्क पर्नुभयो ।’ 

ईश्वरले यसो भनेपछि ओलीले भरसक सोच्न र त्यसो नगर्न आग्रह गरे । उनले एक मन एकताका साथ जाऊँ भनेका थिए । त्यसपछि ईश्वरले एक मन एकताका साथ जाने भए आफूलाई छाडिदिन आग्रह गरे । 

उनले भने, ‘यहाँले दुई कार्यकाल चलाइसक्नु भयो । अरूको पनि पालो आउँछ होला अध्यक्षज्यू । म यो पटक पछि हट्दिनँ योग्य छु अध्यक्ष हुनलाई ।’ 

त्यसपछि ओलीले आफूले अध्यक्ष नछाड्ने र ईश्वरलाई पनि नरोक्ने बताए । बैठकमा महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुने वातावरण बन्नुपर्ने माग ईश्वरले राखे । ओलीले आफूलाई निर्विकल्प अध्यक्ष छाड्न निकै कोसिस गरेका थिए । तर उनी ईश्वरको अडानले गले । 

‘अस्तिसम्म बाहिर–बाहिर कुरा भएको थियो यो पटक अध्यक्षले म पनि छोड्दिन भन्नुभयो । ईश्वर कमरेड पनि साँच्चै महाधिवेशनमा लड्ने हुनुभयो ।’ 

बैठकमा सहभागी एमाले एक शीर्ष नेताले भने, ‘ईश्वर कमरेडले त्यसो भनेपछि हामी आशावादी छौँ । पार्टी पुनर्गठित भएर नयाँ ढंगले जानुपर्छ । हामीले त ईश्वर पोखरेललाई नै अगाडि सार्नुपर्छ भनेका छौँ । उत्साहित छौँ ।’  

यस अगाडिको बैठकमा ओलीले नेतृत्व छाड्नुपर्ने माग उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवाराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायतले गरिसकेका छन् । यस्तै उपाध्यक्ष विष्णु पौडेल पनि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । 

ईश्वरको विगत
बुटवलमा भएको आठौँ महाधिवेशनमा झलनाथ खनालको समूहबाट महासचिवमा जितेका ईश्वर नवौँ महाधिवेशनमा पनि महासचिवमा जितेका थिए । नवौँ महाधिवेशनमा अहिलेका अध्यक्ष केपी शर्मा ओली अध्यक्ष बनेका थिए। त्यसबेला काठमाडौँको भृकुटीमण्डपमा मण्डपमा महाधिवेशन भएको थियो। ओलीकै टिममा रहेर चितवनमा भएको दसौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा रहेका पोखरेल अहिले ११ औँ महाधिवेशनमा अध्यक्ष ओलीको प्रतिस्पर्धी भएका हुन् । 

गत साउन ५ र ६ गतेको केन्द्रीय कमिटी बैठकले आगामी महाधिवेशनबाट लागू हुने गरी हाल उनी बहालवाला रहेको वरिष्ठ उपाध्यक्ष पद नराख्ने निर्णय गरिसकेको छ । यो प्रस्तावलाई ललितपुरको गोदावरीमा भदौ २० देखि २२ गतेसम्म भएको दोस्रो महाधिवेशनले पारित गरिसकेको छ । 

दुई कार्यकाल अध्यक्ष चलाइरहेका ओलीलाई टक्कर दिन अब उनै ओलीका पुराना सारथि पोखरेल तयार भइसकेका छन् । नेकपा एमालेको नौँ राष्ट्रिय महाधिवेशन २०७१ साल असारे असार २१ देखि २५ गतेसम्म काठमाडौँमा चलेको थियो। त्यही महाधिवेशनबाट निरन्तर रूपमा अध्यक्षमा रहेका ओलीलाई यो पटक अन्य नेताले साथ दिए ईश्वरले परास्त गर्नेछन् । तर उनका लागि ओली भारी पर्ने सम्भावना पनि छ । किनकि ओली तीन पटक प्रधानमन्त्री भइसकेका शक्तिशाली व्यक्ति हुन् । 

दसौँ महाधिवेशनमा भीम रावल र ओलीबिच प्रतिस्पर्धा भए पनि ओली नै अध्यक्षमा भारी मतले निर्वाचित भएका थिए । ओली अध्यक्षमा निर्वाचित भएपछि रावललाई भूमिकाविहीन बनाइएको थियो । अहिले रावल माधव-प्रचण्ड मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको नेता छन् । 

 टिमबीच प्रतिस्पर्धा हुन्छ कि नेतृत्वमा मात्र?

अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको टिमबीच प्रतिस्पर्धा हुन्छ कि नेतृत्वमा दुई नेतामात्रै प्रतिस्पर्धी गर्छन् भन्ने विषयमा नेताहरू छलफल गरिरहेको बुझिएको छ। पोखरेलले टिममा प्रतिस्पर्धा गर्ने कि एक्लै भन्ने विषयमा छलफल भइरहेको खबरहबलाई जानकारी गराए ।

 पोखरेल निकट नेताका अनुसार उनले मंसिर ८ गते आफ्नो औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै छन् । तर त्यही दिन उनको टिम भने घोषणा हुने छैन। ईश्वर कमरेडले मात्र नेतृत्वमा उम्मेदवारी घोषणा गर्नुहुन्छ होला टिमै घोषणा नहुन पनि सक्छ। तर महाधिवेशनमा ओली टिम र ईश्वर टिमबीच स्पष्ट रूपमा प्रतिस्पर्धा हुन्छ। 

पोखरेलले निकट नेताले खबरहबलाई भने, ‘अलिक समय माहोल बुझ्नुपर्ने हुन्छ। केन्द्रीय सदस्यलाई पनि यसबारे जानकारी गराउनुपर्ने हुन्छ। त्यस कारण टिमै घोषणा नहुन सक्छ।’

स्रोतका अनुसार ईश्वर र ओली दुवै पक्षले आफ्नो टिम भित्री रूपमा तयार पारिरहेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ८ : १४ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता