अष्टलक्ष्मीको घोषणा : केपी ओलीलाई नेतृत्वबाट हटाउन ईश्वर कमरेडलाई साथ दिन्छौँ « Khabarhub

अष्टलक्ष्मीको घोषणा : केपी ओलीलाई नेतृत्वबाट हटाउन ईश्वर कमरेडलाई साथ दिन्छौँ


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको एघारौँ महाधिवेशनमा ईश्वर पोखरेललाई साथ दिने बताएकी छन्।

उनले मङ्सिर २७ गतेदेखि काठमाडौंमा हुन लागेको महाधिवेशनमा आफूले नेतृत्वका रुपमा ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेकी हुन् ।

‘हामीले ईश्वर कमरेडलाई अगाडि सारेका छौँ, उहाँको पछि हामी छौँ। पटक-पटकको बैठकमा हामीले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाडेर नयाँ कार्यदिशा अनुसार अगाडि बढ्न सुझाव दिएका थियौँ, तर उहाँले अटेर गरेर मान्नुभएन’, शाक्यले खबरहबलाई भनिन, ‘अहिलेको जटिल परिस्थितिमा देश र पार्टी बचाउन नयाँ नेतृत्व र नीति आवश्यक हुन्छ । त्यसका लागि नै हामीले ईश्वर कमरेडलाई अगाडि सारेका हौँ’

शाक्यलाई महाधिवेशनमा ओली र पोखरेलबीच नेतृत्वमा मात्रै प्रतिस्पर्धा हुन्छ कि अरू पदाधिकारीमा पनि भनेर सोधेका थियौँ ।

‘टिम नै तयार भएर जान सकिन्छ किनकि यो अवस्थामा नयाँ नेतृत्व र भिजन भएका व्यक्ति पार्टीमा हुनु जरुरी छ’, उनले भनिन्, ‘जसरी भदौ २३ र २४ गते नयाँ पुस्ताले आन्दोलन गरे, त्यसको जगमा टेकेर पार्टीलाई थप बलियो र नयाँ शिराबाट अगाडि बढाउन सोच्नुपर्ने बेला आएको छ।’

शाक्यले नवपुस्ताले उठाएका आवाजहरू जायज रहेकाले तिनलाई सम्बोधन गर्ने नेतृत्व एमालेले खोजेको पनि बताएकी छन् ।

केही बेरमा विस्तृत अन्तर्वार्ता

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ३ : १३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा