अष्टलक्ष्मीको घोषणा : केपी ओलीलाई नेतृत्वबाट हटाउन ईश्वर कमरेडलाई साथ दिन्छौँ « Khabarhub

अष्टलक्ष्मीको घोषणा : केपी ओलीलाई नेतृत्वबाट हटाउन ईश्वर कमरेडलाई साथ दिन्छौँ


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको एघारौँ महाधिवेशनमा ईश्वर पोखरेललाई साथ दिने बताएकी छन्।

उनले मङ्सिर २७ गतेदेखि काठमाडौंमा हुन लागेको महाधिवेशनमा आफूले नेतृत्वका रुपमा ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेकी हुन् ।

‘हामीले ईश्वर कमरेडलाई अगाडि सारेका छौँ, उहाँको पछि हामी छौँ। पटक-पटकको बैठकमा हामीले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाडेर नयाँ कार्यदिशा अनुसार अगाडि बढ्न सुझाव दिएका थियौँ, तर उहाँले अटेर गरेर मान्नुभएन’, शाक्यले खबरहबलाई भनिन, ‘अहिलेको जटिल परिस्थितिमा देश र पार्टी बचाउन नयाँ नेतृत्व र नीति आवश्यक हुन्छ । त्यसका लागि नै हामीले ईश्वर कमरेडलाई अगाडि सारेका हौँ’

शाक्यलाई महाधिवेशनमा ओली र पोखरेलबीच नेतृत्वमा मात्रै प्रतिस्पर्धा हुन्छ कि अरू पदाधिकारीमा पनि भनेर सोधेका थियौँ ।

‘टिम नै तयार भएर जान सकिन्छ किनकि यो अवस्थामा नयाँ नेतृत्व र भिजन भएका व्यक्ति पार्टीमा हुनु जरुरी छ’, उनले भनिन्, ‘जसरी भदौ २३ र २४ गते नयाँ पुस्ताले आन्दोलन गरे, त्यसको जगमा टेकेर पार्टीलाई थप बलियो र नयाँ शिराबाट अगाडि बढाउन सोच्नुपर्ने बेला आएको छ।’

शाक्यले नवपुस्ताले उठाएका आवाजहरू जायज रहेकाले तिनलाई सम्बोधन गर्ने नेतृत्व एमालेले खोजेको पनि बताएकी छन् ।

केही बेरमा विस्तृत अन्तर्वार्ता

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ३ : १३ बजे

कुलमानले भने- ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छ

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कूलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १ अर्ब ८९ करोड ४६ लाख बजेट पारित 

काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ

काठमाडौंमा ‘एआई फर इन्क्लुसिभ ग्रोथ’ प्री- समिट सम्पन्न, ४०० भन्दा बढी सहभागी

काठमाडौं- भारतीय राजदूतावास र एआई एसोसिएसन अफ नेपालले संयुक्त रूपमा

जेम्स निशमले भङ्ग गरे सुदूरपश्चिमका ओपनरको शतकीय साझेदारी

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत खेलका पोखरा एभेन्जर्सका जेम्स निशमले

बेलायतबाट फर्काइएको तोरण कुमारी घरमा पुनर्स्थापना गरियो (तस्बिरहरू)

काठमाडौं– कुमारी घरबाट चोरी भएका तोरणहरूमध्ये एक तोरण बेलायतको बाराकाट