बार्सिलोनाबाट ५० भन्दा धेरै पक्राउ, दर्जनौँ मानिस घाइते « Khabarhub

बार्सिलोनाबाट ५० भन्दा धेरै पक्राउ, दर्जनौँ मानिस घाइते


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना–स्पेनको स्वायत्त क्षेत्र क्याटलोनियाको स्वतन्त्रताको माग गर्दै भएका प्रदर्शनले थप हिंसात्मक स्वरूप लिन थालेपछि शुक्रबार र शनिबार गरी ५० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।

क्याटलोनियाको स्वतन्त्रता पक्षधर समूहले स्पेनबाट आफूहरूलाई स्वतन्त्र बनाउने प्रयासस्वरूप गरेका आन्दोलनहरूले हिंसात्मक रूप लिएपछि बार्सिलोना लगायतका मुख्य शहरी क्षेत्रहरूमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्तहरू भएका प्रहरीले बताएको छ ।

क्याटलोनियाको स्वतन्त्रताका लागि सन् २०१७ मा जनमतसङ्ग्रह गरिएको र सोही आधारमा क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने तत्कालिन क्याटलोनियाली सरकार प्रमुख कार्ल पुज्देमोन लगायतका नेताहरूविरूद्ध स्पेनले यूरोप तथा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरेको थियो ।

आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले केही प्रदर्शनकारीली नियनत्रणमा लिएको स्पेनी अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । क्याटलोनिया स्वायत्त क्षेत्रका प्रहरी, मोसेस दे एस्कुआद्राका अनुसार शुक्रबारदेखि शनिबार अपरान्ह्सम्म ५४ जनालाई सुरक्षा नियनत्रणमा लिइएको छ । प्रदर्शनका क्रममा करिब १०० जना घाइते भएका र ५० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

शुक्रबार शुरू भएको आम हडतालमा क्याटलोनियाली जनताको भब्य सहभागिता रहेको र कतिपय स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका थिए । प्रहरीले शनिबार राति दर्जनौँ स्थानीयलाई नियनत्रणमा लिएको हो । क्याटलोनियामा गत सोमबारदेखि सामान्य प्रदर्शनहरू भएका थिए तर शुक्रबार उक्त प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएको थियो ।

प्रदर्शनकारीले क्याटलोनियाको स्वतन्त्रताको माग गर्ने विभिन्न नौ राजनीतिज्ञलाई जेलबाट रिहा गर्ने शर्त अस्वीकार गरेपछि प्रदर्शनले नयाँ रूप लिएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ८ : ५८ बजे

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,