पाँच महिनादेखि केरुङ नाका ठप्प (तस्बिरहरू)  « Khabarhub

पाँच महिनादेखि केरुङ नाका ठप्प (तस्बिरहरू) 


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरुङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीनबिचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द छ ।

बाढीमा धेरैले  ज्यान गुमाए भने  ट्रक र कन्टेनरहरू बाढीले बगाउँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति  ब्यहोर्नु पर्‍याे । 

बाढीका कारण  नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन् ।

नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरू  बाढीपछि चीनतर्फ नै अड्किएका कारण  पाँच महिना बितिसक्दा पनि ढुवानी सञ्चालन हुन सकेको छैन जसका कारण व्यवसायीहरूले आर्थिक सङ्कट झेली रहनु परेको छ ।

यसरी नाका क्षेत्र महिनौँदेखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न समेत सकेको छैन । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनाका लागि  १३ अर्ब ५३ करोड राजस्वको सङ्कलन लक्ष्य रहेको थियो ।

बाढीले मितेरी पुल, भन्सार यार्ड तथा सडकमा क्षति गर्दा यस नाकाबाट पाँच महिनामा महिनामा झण्डै १४ अर्ब  भन्दा बढी राजस्व गुम्न पुगेको छ ।

काठमाडौँबाट करिब १३२ किमिको दूरीमा पर्ने यो नाका राजस्व सङ्कलनको हिसाबले देशको पाँचौँ ठूलो भन्सार कार्यालयको रुपमा रहेको थियो । उत्तरी छिमेकी चीनतर्फको महत्त्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुँदै गएको यो नाका ल्हेन्दे नदीमा आएको भीषण बाढीसँगै अहिले ठप्प छ ।

चीनतर्फबाट तत्कालका लागि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नेपाल तर्फ अवरोध भएका सडकहरू खुलिसकेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ११ : ५१ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको