आज २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर ८ गते सोमबार। मंसिर शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ । राज्यको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : तपाईंका लागि आजको दिन सामान्य छ । कार्यक्षेत्रमा थोरै बोल्नु राम्रो हुनेछ । परिवारको सुझाव अनुसार अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ । कृषि क्षेत्रमा नाफा हुने योग छ ।

मिथुन : दिन सहज छ । साथीभाइले सहयोग गर्नेछन् । परोपकार गर्दा मन शान्त हुनेछ । राम्रो कामको प्रशंसा हुनेछ । स्वदेशमा विकल्प देखेर मन खुशी हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : राम्रो छ । खर्च कम गर्नु राम्रो हुनेछ । स्वास्थ्यले साथ दिनेछ । नयाँ काम गर्न शरीरमा ऊर्जा थपिनेछ । शिक्षाको क्षेत्रमा झुकाव रहनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

सिंह : दिन राम्रो छ । बौद्धिक साथीले साथ दिनेछन् । दीर्घकालीन योजनाको तय गर्दा फाइदा हुनेछ । स्वास्थ्यमा भन्दा शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ । परिवारको विश्वास गर्नाले धोका हुने जोखिम रहेको छ । व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ ।

कन्या : दिन राम्रो छ । व्यवहार गर्न नजानेमा सञ्चित धन खर्च हुनेछ । ठुला योजनाको सुरुवात गरेमा प्रगति हुनेछ । दाजुभाइ र बन्धुले साथ दिनेछन् । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । राज्यको लाभको पद प्राप्त हुने योग छ ।

तुला : दिन राम्रो छ । आम्दानीका स्रोत धेरै छन् । राम्रो कमाइ भए पनि इज्जतमा भने प्रश्न उठ्ने खतरा देखिन्छ । कानुनको पर्खाइमा भए तपाईंको पक्षमा फैसला हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनसक्छ ।

वृश्चिक : दिन राम्रो छ । मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मन प्रशन्न हुनेछ । धन जम्मा गर्नेक्रममा इज्जतको ख्याल गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारमा भने समस्या हुने जोखिम रहेको छ ।

धनु : दिन राम्रो छ । तपाईंको गला र कलाको प्रशंसा हुनेछ । साथीभाइको साथमा सुरुवात गरेको काम सफल बन्नेछ । खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ ।

मकर : तपाईंका लागि दिन सामान्य छ । अचानक धन खर्च हुनेछ । मन अशान्त बन्ने जोखिम छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ ।

कुम्भ : सानो कुराले झन्झट आइपर्नसक्छ । हरेक काममा जोखिम बढ्नेछ । शुभग्रहको बहुमत भएकाले तपाईंले गरेका प्रयास सफल हुनेछन् । परिवारले राम्रो साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : साढेसाती दशा चल्दैछ । साना कुराले मन अशान्त बन्नसक्छ । बोल्दा तीन पटक सोच्नुपर्ने दिन छ । औषधी नियमित नगरेमा रोगले सताउने जोखिम छ । परिवारको साथ र सहयोग राम्रो रहनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : १५ बजे

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा