ह्वाइटहाउस भेटपछि पनि ममदानी ट्रम्पप्रतिको ‘फासीवादी’ तथा ‘तानाशाह’ टिप्पणीमा अडिग « Khabarhub

ह्वाइटहाउस भेटपछि पनि ममदानी ट्रम्पप्रतिको ‘फासीवादी’ तथा ‘तानाशाह’ टिप्पणीमा अडिग


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– न्युयोर्क सहरका मेयर–निर्वाचित जोहरान ममदानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो औपचारिक भेट गरेका छन् । 

भेट समग्रमा मैत्रीपूर्ण र रचनात्मक भएको बताइए पनि ममदानीले राष्ट्रपति ट्रम्पप्रतिको आफूले विगतमा गरेको कडा टिप्पणी फिर्ता लिन अस्वीकार गरे ।

शनिबार एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा सहभागी हुँदै मेयर–निर्वाचित ममदानीले आफू अझै पनि ट्रम्पलाई ‘फासीवादी’ र ‘तानाशाह’ मान्ने दाबी दोहोर्‍याए । यद्यपि उनले शुक्रबारको संवादलाई ‘फलदायी र सद्‌भावपूर्ण’ भएको भन्दै दुवैबीच सहरका किफायती चुनौती तथा नागरिक जीवनसँग सम्बन्धित गम्भीर विषयमा गहन छलफल भएको बताए।

भेटका क्रममा राष्ट्रपति ट्रम्पले पनि सहृदय रवैया अपनाउँदै पत्रकारहरूलाई ममदानीबारे ‘मै उत्साहित छु’ भन्ने टिप्पणी गरेका थिए । ममदानीका अनुसार वार्ताको केन्द्रविन्दु न्युयोर्क सहरका जनतामाथि परेको अत्यधिक जीवनयापन लागत र त्यसको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकतामा केन्द्रित थियो ।

ट्रम्पप्रतिको आफ्नो अघिल्लो आरोपप्रति पुनः धारणा राख्दै ममदानीले भने, ‘मैले विगतमा भनेका सबै कुरामा म दृढ छु ।’ असहमतिले जिम्मेवारीका कामहरू रोकिनु नहुने बताउँदै उनले भने, ‘म ओभल अफिसमा विवाद झिक्न वा प्रदर्शन गर्न गएको होइन, म न्युयोर्कवासीहरूका लागि परिणाम ल्याउन गइरहेको हुँ ।’

ममदानीका अनुसार उहाँले प्रयोग गरेको विवादास्पद विशेषणलाई राष्ट्रपति ट्रम्पले पनि हल्का हाँसोका साथ लिनुभएको थियो । आफूले ट्रम्पलाई ‘फासीवादी’ भनेका विषयमा पुनः सोधिँदा ममदानीले ‘मैले पहिले नै बोलेको छु’ भन्नासाथ राष्ट्रपति ट्रम्पले हस्तक्षेप गर्दै ‘ठीक छ, तपाईं केवल ‘हो’ भन्न सक्नुहुन्छ, मलाई आपत्ति छैन’ भन्दै हात समातेका थिए ।

अभियानका क्रममा ममदानीले ट्रम्पलाई भोट दिएका भए पनि बढ्दो जीवनयापन खर्चलाई आफ्नो प्रमुख चिन्ताको रूपमा व्यक्त गरेका क्विन्स र ब्रोन्क्सका मतदातासँग बारम्बार भेट गरेको स्मरण गरे। उनका अनुसार यही समस्याको समाधानलाई नै आफूले आफ्नो मेयर कार्यकालको शीर्ष प्राथमिकतामा राख्नेछु भनेर राष्ट्रपतिको समक्ष स्पष्ट पारेका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनदेखि नै लागत घटाउने प्रतिबद्धता जनाइसकेकाले ममदानीले यस विषयलाई लिएर दुवैबीच व्यावहारिक सहकार्यको वातावरण बन्नसक्ने विश्वास व्यक्त गरे। उनले ‘जनताको सधैँ सताउने वास्तविक मुद्दा’ मा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे ।

भेटमा न्युयोर्कमा नेसनल गार्ड तैनाथ गर्नेबारे ट्रम्पको अघिल्लो चेतावनी पनि उठाइएको थियो । राष्ट्रपति यस विषयमा पूर्ण रूपमा पछि हट्छन् कि हुन्न भन्ने खुलेर भने नसके पनि ममदानीले एनवाइपिडी सार्वजनिक सुरक्षामा पर्याप्त सक्षम रहेको विश्वास आफूले व्यक्त गरेको बताए । 

चुनावअघिका दिनमा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत ममदानीलाई ‘कम्युनिस्ट पागल’ सम्म भनेका थिए र उनी मेयर बनेमा सङ्घीय कोष कटौती गर्नेसम्मका चेतावनी दिएका थिए ।  

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  २ : १९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने