चार विकेट गुमाएपछि कर्णालीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ संकटतिर « Khabarhub

चार विकेट गुमाएपछि कर्णालीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ संकटतिर


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सका सुरुवाती चार ब्याटर सस्तैमा आउट भएपछि ब्याटिङ संकटतिर धकेलिएको छ । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ८ ओभरको चार विकेट गुमाएको हो ।

खेल ९ ओभरमा पुग्दा टिम ४ विकटको क्षतिमा ४८ रनको दयनीय अवस्थामा पुगेको छ ।

नेपाल प्रिमियर लिगअन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सका सुरुवाती चार ब्याटर सस्तैमा आउट भएपछि ब्याटिङ संकटतिर धकेलिएको छ । चौथो विकेटका रुपमा इशान पाण्डेलाई रन आउट भएका हुन् । उनले २ बलमा केबल २ रन जोडे ।

सात ओभरको अन्तिम बलमा सुदूरपश्चिमका क्रिस लिन आउट भएका हुन् । तेस्रो विकेटका रुपमा मैदानबाट बाहिरएका उनले २० बल खर्चेर १८ रन जोडे । कर्णालीका युवराज खत्रीले विलियम विसिस्टोमार्फत् क्याच आउट गराउनु अघि उनले दुई चौका प्रहार गरे ।

४ ओभरको चौथो बलमा दोस्रो विकेटका रुपमा ओपनर बिनोद भण्डारी आउट भएका हुन् । १३ बलमा एक चौकाको सहयोगमा ११ रन जोडेका बिनोदलाई बिपीन शर्माले एलबीडब्ल्यू धरापमा पारे ।

अर्का ओपनर जोश ब्राउन गोल्डेन डक आउट भएका हुन् । पहिलो ओभरको पहिलो बलमा उनलाई कर्णालीका कप्तान सोम्पाल कामीले बोल्ट गरेका हुन् ।

सुरुवाती चार ब्याटर सस्तैमा आउट भएपछि सुदूरपश्चिको ब्याटिङ संकटमा धेकेलिएको छ । बलियो चुनौती प्रस्तुत गर्न सुदूरपश्चिमलाई आक्रमक प्रस्तुती दिने ब्याटरको खाँचो देखिन्छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर सुदूरपश्चिमले पहिला बलिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : ५४ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने