नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : महासचिव आहुति « Khabarhub

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : महासचिव आहुति


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् । 

सोमबार काठमाडौंमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई सम्बोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका हुन् ।

महासचिव आहुतिले देशमा बारम्बार ठूलाठूला संघर्ष र बलिदानबाट बनेको राज्य सञ्चालन प्रणाली नेपाली विशेषता अनुसार नभई निश्चित वर्ग र समुदायका मानिसहरूको हितका लागि बनेको बताए । 

उनले अहिलेको व्यवस्थामा निर्वाचन भएर गठन हुने प्रतिनिधिसभाले देशको समस्या समाधान गर्नै नसक्ने बताए । संसदमा असफल भएका व्यक्तिहरू आउने क्रममा नरोकिएसम्म देश सफल बाटोमा अघि बढ्न नसक्ने उनले बताए । 

नेपालमा प्रचलित हालसम्मका सबै राजनीतिक व्यवस्थाहरू असफल भइसकेको ठहर गरी नेपाली विशेषता अनुसारको कार्यक्रम ल्याएको उनले जानकारी दिए । 

वर्तमान राजनीतिक प्रणालीले बहुसंख्यक श्रमिक,किसान,महिला, आदिवासी–जनजातिलगायतका उत्पीडित समुदायहरूको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको उनको भनाई थियो । 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ७ : २० बजे

बसको ठक्करबाट एक बालकको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ ।