काठमाडौं महानगरले ८ पटक गर्भ जाँच गरेका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्ने   « Khabarhub

काठमाडौं महानगरले ८ पटक गर्भ जाँच गरेका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्ने  


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले ८ पटक गर्भ जाँच गरेका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । 

महानगरको स्वास्थ्य विभागले बुधबार एक सुचना जारी गर्दै प्रोटोकलअनुसार ८ पटक गर्भ जाँच गराएका गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा गर्ने जनाएको हो । 

चालु आर्थिक वर्ष  २०८२ ८३ को वार्षिक बजेट तथा कार्यक्रममा प्रोटोकलअनुसार ८ पटक गर्भ जाँच गराउने महिलाहरूलाई स्वास्थ्य बीमामा निःशुल्क आबद्ध गराउने नीतिअनुसार निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको सूचनामा भनिएको छ । 

आफूलाई पायक पर्ने नजिकका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गर्भ जाँच गरी निःशुल्क स्वास्थ्य बीमा सेवा लिन महानगरले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ३ : १७ बजे

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका