काठमाडौं महानगरले ८ पटक गर्भ जाँच गरेका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्ने   « Khabarhub

काठमाडौं महानगरले ८ पटक गर्भ जाँच गरेका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्ने  


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले ८ पटक गर्भ जाँच गरेका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । 

महानगरको स्वास्थ्य विभागले बुधबार एक सुचना जारी गर्दै प्रोटोकलअनुसार ८ पटक गर्भ जाँच गराएका गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा गर्ने जनाएको हो । 

चालु आर्थिक वर्ष  २०८२ ८३ को वार्षिक बजेट तथा कार्यक्रममा प्रोटोकलअनुसार ८ पटक गर्भ जाँच गराउने महिलाहरूलाई स्वास्थ्य बीमामा निःशुल्क आबद्ध गराउने नीतिअनुसार निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको सूचनामा भनिएको छ । 

आफूलाई पायक पर्ने नजिकका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गर्भ जाँच गरी निःशुल्क स्वास्थ्य बीमा सेवा लिन महानगरले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ३ : १७ बजे

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ