सर्वोच्चमा आगजनी प्रकरण : विष्णु ढुंगेललाई रिहा गर्न सरकारलाई क्रान्तिकारीको दबाब « Khabarhub

सर्वोच्चमा आगजनी प्रकरण : विष्णु ढुंगेललाई रिहा गर्न सरकारलाई क्रान्तिकारीको दबाब


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल क्रान्तिकारीले संगठनका नेता एवम् नेपाल ल क्याम्पसका पूर्वसभापति अधिवक्ता विष्णु ढुंगेललाई सर्वोच्च अदालत जलाएको आरोपमा प्रमुख अभियुक्तका रुपमा देखाएर पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ ।

क्रान्तिकारीको उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर भदौ २३ र २४ गतेको तस्बिर र भिडिओ क्लिप मात्रैलाई आधार बनाएर योजनावद्ध पक्राउ गरिएको कुरा स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

‘हामी स्पष्ट माग गर्दछौं, भदौ २४ मा देखिएका तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न वास्तविक घुसपैठ समूहमाथि मात्रै कानूनी कारबाही होस् । तर लोकतान्त्रिक अधिकार प्रयोग गर्ने विष्णु ढुंगेललगायत अन्य युवा-विद्यार्थीलाई बिनाशर्त रिहा गरियोस’, उनले भनेका छन्, ‘राज्यद्वारा भइरहेको मनपरी गिरफ्तारी, राजनीतिक प्रतिशोध र धम्कीको सबै रूप रोकियोस । यो सरकारले पारदर्शिता, जवाफदेही र नागरिक स्वतन्त्रताप्रतिको प्रतिबद्धता व्यवहारमै प्रमाणित गरोस ।’

उक्त प्रकरणमा यसअघि पक्राउ परेका दुईजनाको बयानका आधारमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल बुधबार पक्राउ परेका थिए ।

ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेतासमेत हुन् । २०७९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनी ल क्याम्पसको सभापतिमा विजयी भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी परिसर, भद्रकालीको संयुक्त टोलीले लामो अनुसन्धानपछि ढुंगेललाई चितवनबाट पक्राउ गरेको थियो ।

यसअघि पक्राउ परेका झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भनिने सुशील श्रेष्ठको बयानका आधारमा ढुंगेल समातिएका हुन् । उनीहरूलाई आपराधिक उपद्र्व मुद्दामा म्याद थपेर हिरासतमा राखिएको छ।

उक्त घटनामा तत्कालीन नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारीका नेता तथा ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पनि प्रत्यक्ष संलग्न रहेको पाइएको छ। प्रहरीले संकलन गरेको फोटो र भिडियो फुटेजबाट सर्वोच्च जलाउने काममा ढुंगेल पनि संलग्न भएको पुष्टि भएपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका घताने र श्रेष्ठले ढुंगेलसहितले उकासेपछि सर्वोच्च जलाउन पुगेको बयान प्रहरीलाई दिएका छन् । उनीहरूको बयानका आधारमा ढुंगेलको पहिचान गरेर प्रहरीले खोजी अभियान चलाएको थियो ।

ढुंगेल अधिवक्ता पनि हुन् । सर्वोच्चमा आगजनी हुँदा ढुंगेल भीडको अग्रभागमा आक्रोशित देखिएका थिए । उनी सर्वोच्च परिसरमा रहेका भिडियो अहिले भाइरल भएका छन् । ढुंगेलले भिडलाई सर्वोच्च र न्यायाधीशहरू प्रति आक्रोश देखाउँदै जलाउन उकासेको भिडियोमा सुन्न सकिन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ४ : ४६ बजे

एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर

उत्तरी नाका खुलाउन किन चासो दिएन सरकारले ?

काठमाडौं- दश वर्षअघि सरकारले रसुवागढी–केरुङलाई उत्तरतर्फको प्रमुख व्यापारिक नाका घोषणा

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु