अर्थसंक्षेप : एक सय दरको नयाँ नोट बजारमा, साताको अन्तिम दिन १० अंकले बढ्यो नेप्से र वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड राजस्व संकलन « Khabarhub

अर्थसंक्षेप : एक सय दरको नयाँ नोट बजारमा, साताको अन्तिम दिन १० अंकले बढ्यो नेप्से र वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड राजस्व संकलन


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

‘अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण’

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको बताएका छन् ।

सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ढकालले औपचारिक रुपमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेकाले सरकार लगायत सरोकारवाला सबै गम्भीर भएर लाग्नुपर्ने बताए ।

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स ईन कमर्सियल कार्डस् बिजनेस’ अवार्ड

भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’

सडक बनाउन स्थानीयको दश लाख सहयोग

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

आजदेखि एक सय दरको नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले आज एक सूचना जारी गर्दै नयाँ विशेषतासहितको नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।

नयाँ नोटमा यसअघिकै जस्तो ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ ।

नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । यस्तै, नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ । साथै, दृष्टिविहीनलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र ‘सिल्भर मेटालिक’ मा मायादेवीको चित्र रहेको छ ।

सप्तकोसी सिमेन्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

नबिल बैंक र नेपाल इन बिजनेश-ग्रोथ अड्भाइजर्सबीच साझेदारी

निर्माणको अन्तिम चरणमा ठिनी खोलाको पुल

तरकारी खेतीबाट वार्षिक १० लाख बचत

साताको अन्तिम दिन १० अंकले बढ्यो

साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४३ अंकले बढेको छ ।

बिहीबार ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६७६.०३ अंकमा पुगेको हो ।

आजको सेयर कारोबारमा १३१ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२१ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, आजको सेयर कारोबारमा ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज नेप्सेमा सागर डिस्ट्रिलरीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने हिमस्टार कम्पनीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे ।

वीरगञ्ज महानगरद्वारा चार महिनामा २१ करोड तीन लाख राजस्व संकलन

पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन 

घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : ५४ बजे

धर्मेन्द्र प्रधानको राजीनामापछि पनि घर नफर्किने कक्रोच जनता पार्टीको चेतावनी

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएसँग

एमाले-नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश

कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपिए

गण्डकी– धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’