कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी हो : सहमहामन्त्री राठौर « Khabarhub

कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी हो : सहमहामन्त्री राठौर


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी भएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको आज काठमाडौँमा उद्‌घाटन गर्दै सहमहामन्त्री राठौरले पछिल्लो समयमा नीति, सिद्धान्तलाई गौण बनाएर म भएमात्र कांग्रेस बच्छ, म नभए कांग्रेस सिद्धिन्छ भन्ने भाष्य सृजना गरेर केही व्यक्तिले नीतिप्रधान कांग्रेसलाई नेताप्रधान बनाउने दुष्प्रयास गरेको बताए। 

नीतिलाई प्रधान मानेर हिँड्न सबै तयार भएमात्र कांग्रेसले एकढिक्का भएर सबैखाले समस्याको समाधान दिनसक्ने उनले बताए।

नेता राठौरले बीपी कोइराला, सुवर्णशम्शेर राणा र कृष्णप्रसाद भट्टराईहरूले स्थापना गरेको पार्टीमा उनीहरूपछि पनि थुप्रै नेता आएको, गएको र त्यो क्रम चलिरहेको बताउँदै कांग्रेस कुनै एक नेताको पार्टी नभई विचार, सिद्धान्त, निष्ठा र आस्थाको सङ्गठन भएको बताए।

कांग्रेसमा नेताहरू अस्थायी र नीति तथा विचार स्थायी रूपमा रहेको र देशका तमाम मजदुर, किसान, महिलासहितका विभिन्न वर्ग र क्षेत्रका मानिसहरूको साझा घर भएको उनको तर्क थियो । 
 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : ४२ बजे

मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई

अफगानिस्तानमा घरको छाना खस्दा ४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको दक्षिणी प्रान्त कन्दाहरमा शनिबार एक घरको छाना

गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी– गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल