आर्थिक सहकार्य अभिवृद्धि गर्न भारत र अफगानिस्तान सहमत « Khabarhub

आर्थिक सहकार्य अभिवृद्धि गर्न भारत र अफगानिस्तान सहमत


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक सहकार्य अभिवृद्धि गर्न भारत र अफगानिस्तान सहमत भएका छन् । अफगानिस्तानका उद्योग तथा वाणिज्यमन्त्री अलहज नुरुद्दिन अजिजीसँग भेटवार्ता गर्दै भारतका युनियनमन्त्री पियूष गोयलले यस्तो सहमति जनाएका हुन् ।

भेटवार्ताका क्रममा दुई देशका मन्त्रीबीच आर्थिक सहकार्य र द्विपक्षीय व्यापारलाई अझ सुदृढ बनाउने विषयमा सहमति भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाँचदिने भ्रमणका क्रममा अफगान मन्त्री अजिजी भारत पुगेका हुन् ।

यसअघि उनले एशोसिएटेड चेम्बर्स अफ कर्मर्स एण्ड इन्डस्ट्रिज अफ इण्डियाका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताका क्रममा पनि मन्त्री अजिजीले द्विपक्षीय आर्थिक सहकार्य र ऐतिहासिक रुपमा रहेको भारतसँगको सम्बन्धलाई सुदृढ बनाउने बताएका थिए ।
भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा पनि उनले आफ्नो मुलुकले नयाँ व्यापार मार्गको विकास र भारतसँगको आर्थिक सहकार्यलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भारत भ्रमण गर्न पाउँदा आफू एकदमै उत्साहित भएको र भारतसँग नजिक रहेर काम गर्न तयार रहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ७ : ३१ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात