बलोचिस्तानमा जबरजस्ती बेपत्ताका घटना बढ्दै, सुरक्षाकर्मीले १५ वर्षीया बालिकालाई पनि छाडेनन् « Khabarhub

बलोचिस्तानमा जबरजस्ती बेपत्ताका घटना बढ्दै, सुरक्षाकर्मीले १५ वर्षीया बालिकालाई पनि छाडेनन्


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलोचिस्तानमा मानव अधिकारको क्षेत्रमा अभियान सञ्चालन गर्दै आएको बलोच याकजेठी समितिले प्रान्तमा जबरजस्ती बेपत्ता पारिने घटनामा वृद्धि भइरहेकोमा निन्दा गरेको छ । हालै बलोचिस्तानको हुब क्षेत्रमा १५ वर्षीया बालिकालाई जबरजस्ती बेपत्ता पारिएको घटना सार्वजनिक भएसँगै समितिले निन्दा गरेको हो ।

अवरन क्षेत्रमा हुर्किएकी १५ वर्षीया नसरिना बलोचलाई हुबमा आफ्नै परिवारसँग रहेका बेला सुरक्षाकर्मीले अपहरण गरेको समितिले जनाएको छ । राति घरमा बसिरहेका बेला पाकिस्तानी सुरक्षा बल र जासुसी एकाईले छापा मारेर उनको अपहरण गरेको जनाइएको छ ।

समितिका अनुसार छापा मार्ने क्रममा उनका परिवारलाई सुरक्षाकर्मीले डर त्रास देखाएको र नसरिनालाई अज्ञात स्थलमा लगिएको थियो । उनको अवस्थाबारे कुनै जानकारी नदिइएकाले परिवार अझै पनि तनाव र त्रासमा रहेको समितिले उल्लेख गरेको छ ।

यसअघि पनि बलोचिस्तानमा सुरक्षाकर्मीले स्वतन्त्र बलोचिस्तानको माग राखी पृथकतावादी गतिविधि सञ्चालन गरेको भन्दै सयौँ नागरिकलाई बेपत्ता पार्दै आएको बलोचवर्नाले जनाएको छ ।

सात महिनाअघि पनि बलोचिस्तानको राजधानी क्वेट्टामा रहेको एउटा होस्टेलबाट पोलियो रोगले ग्रस्त माह जबिन बलोच नाम गरेकी एक जना विद्यार्थीलाई सुरक्षाकर्मीले अपहरण गरेका थिए । उनको अवस्था अझै पनि अज्ञात नै छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ४३ बजे

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो