बालेनसँगको फोटो राख्दै कुलमानले भनेः देश बनाउने अभियानमा हामीसँगै छौँ « Khabarhub

बालेनसँगको फोटो राख्दै कुलमानले भनेः देश बनाउने अभियानमा हामीसँगै छौँ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच आइतबार साँझ भेटवार्ता भएको छ।

दुई जनाको भेट भएको तस्बिर कुलमानले फेसबुकमार्फत सार्वजनिक गरेका छन्। उनले तस्बिर राखेर भनेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’

आजमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको थियो। कुलमानको संरक्षणमा दर्ता भएको उज्यालो नेपाल पार्टी पनि एकताका लागि रास्वपासँग निरन्तर संवादमा छ।

यसै सन्दर्भमा कुलमान र बालेनको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १० : ११ बजे

बालेनका सहयोगी राजुनाथले दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छ : मन्त्री इङ्नाम

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार

प्रधानमन्त्रीको तर्क : पुरानै शैलीले देश चल्दैन, अब नयाँ पुस्ता र युवाहरू आउनुपर्छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा