चीनमा अध्ययन गरेका नेपाली र भारतीय चिकित्सकले मनाए २५ वर्षे ‘सिल्भर जुबिली’ « Khabarhub

चीनमा अध्ययन गरेका नेपाली र भारतीय चिकित्सकले मनाए २५ वर्षे ‘सिल्भर जुबिली’


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको हेनान प्रान्तस्थित सिन्सियाङ मेडिकल विश्वविद्यालय (एक्सएक्सएमयु) मा एमबीबीएस अध्ययन नेपाली र भारतीय विद्यार्थीहरूले २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन समारोह आयोजना गरेका छन् । 

सन् २००१ देखि एक्सएक्सएमयुमा अध्ययन गरेका र हाल अध्ययन गरिरहेका विद्यार्थीले पुनर्मिलन समारोह आयोजना गरेका हुन् । 

२५ वर्षपछि भएको यो भेटघाटले विदेशमा बिताएका अध्ययन वर्षका चुनौती, सम्झना र मित्रतालाई पुनः जीवित बनाउँदै चिकित्सक समुदायबीचको एकता र सहकार्यलाई अझ मजबुत बनाएको चिकित्सकहरूले बताएका छन् । 

उनीहरूले विदेशी भूमिमा शुरू भएको मित्रता र पेशागत यात्राका स्मृतिहरू पुनः एक ठाउँमा एकत्रित भएपछि कार्यक्रम अत्यन्तै भावनात्मक र उत्साहपूर्ण बनेको बताए । 

उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योगदानले सिन्सियाङ मेडिकल विश्वविद्यालयबाट अध्ययन पूरा गरेका चिकित्सकहरू स्वास्थ्य क्षेत्रको अग्रपंक्तिमा रहेको प्रमाणित भएको बताए । अहिले नेपाल लगायत भारतका विद्यार्थी स्वास्थ्य क्षेत्रमा विज्ञको रुपमा काम गरिरहेको उनीहरूको भनाइ छ । 

कार्यक्रममा स्वास्थ्य क्षेत्र मात्रै नभई विभिन्न नेतृत्व भूमिकामा सक्रिय चिकित्सकहरूलाई पनि सम्मान गरिएको छ । जसमा नेपाल रेडियोलोजिस्ट एसोसिएशन अध्यक्ष, डा. तेजेन्द्र कार्की न्युरो सर्जन प्रा.डा.प्रकाश काफ्ले, कार्डियोलोजिस्ट डा. राजेश नेपाललाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ११ : ५८ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि