पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हिमपातको सम्भावना (तीन दिनको मौसमको पूर्वानुमासहित) | Khabarhub Khabarhub

पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हिमपातको सम्भावना (तीन दिनको मौसमको पूर्वानुमासहित)


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशको पश्चिमि भेगका केहि स्थानमा मौसम सामान्यतया सफा रहेतापनि बाँकी भागमा भने सामान्य बदलीको अवस्था रहने महाशाखाको पूर्वानुमान छ ।

अरब सागरको पूर्वी–मध्य भागमा एउटा निम्न चापीय प्रणाली विकशित भैरहेको अवस्थामा छ । साथै भारतको उत्तरप्रदेशमा अर्को निम्न चापीय प्रणाली अवस्थित रहेको छ । यस संगै उत्तर–पश्चिमी भारतमा पश्चिमी वायुको प्रभाव पनि रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसमको अवस्था

कार्तिक ०४ गते (सोमबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू भागमा सामान्य बदली रहने तथा पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । मध्य तथा पूर्वी हिमाली भू भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ |

राति: देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै र पश्चिमि पहाडि भु-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०५ गते (मंगलबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशका मध्य तथा पूर्वी भू भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०६ गते (बुधबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशका देशको मध्य तथा पूर्वी भू भागमा सामान्य बदली रहने तथा बांकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ६ : ५२ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा