स्वास्थ्य मन्त्रालयले माग्यो एम्बुलेन्स र शववाहनको विवरण  « Khabarhub

स्वास्थ्य मन्त्रालयले माग्यो एम्बुलेन्स र शववाहनको विवरण 


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ ।

आज एक सूचना जारी गर्दै यही मङ्सिर २१ गतेभित्र अनिवार्य रुपमा मन्त्रालयको इमेल ठेगानामा विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।

आम नागरिकलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री एम्बुलेन्स र शववाहन सेवाका लागि एकीकृत प्रणालीलाई सुदृढीकरण गर्न आवश्यक रहकाले हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स तथा शववाहनहरुको विवरण सम्बन्धित सेवा प्रदायक संस्थाहरूले पठाउनुपर्ने मन्त्रालयले जनाएको हो ।

हाल एम्बुलेन्स सेवा निर्देशिका, २०८२ र शव वाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७ कार्यान्वयनमा छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ४ : ५३ बजे

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च